English

चेल्सीसँग पराजित मड्रिड सेमिफाइनलमा



युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाईनलको दोस्रो लिगमा रियल मड्रिड क्लब चेल्सीसँग ३–२ अन्तरले पराजित भएपनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति घरेलु मैदानमा रियल पराजित भएपनि समग्रमा ५–४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
पहिलो लिगमा चेल्सी घरेलु मैदानमा ३–१ अन्तरले पराजित हुनु नै अन्तिम आठबाट बाहिरिनु पर्‍यो ।

चेल्सीले लगातार तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । तर त्यसलाई जोगाउन भने सकेन । रियलको लागि करिम बेन्जेमा र रोड्रीगोले गोल गरे । १५औं मिनेटमा मिसन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

५१औं मिनेटमा रुडिगरले गोल गर्दा चेल्सी २–० अन्तरले अग्रता बनायो । टिमो बार्नरले ७५औं मिनेटमा गोल गर्दै चेल्सीलाई ३–० को अग्रता दिलाएका थिए । अर्को लेगमा बायर्न म्युनिख स्पेनिस क्लब भिल्लारियलसँग बराबरी खेलेसँगै भिल्लारियल सेमिफाइनलमा प्रवेश गरेको छ ।

यो पनि…न
अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित

आइपिएल : लखनउको तेस्रो जित, डी ककको मात्रै ८० रन
लगातार दुईपटक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र एक्कासि किन चुक्यो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का