English

कुन समयमा कस्तो जुत्ता-चप्पल लगाउने ?



हरेक मानिसको व्यक्तित्व उसले लगाएको जुत्ताबाट प्रस्ट रूपमा झल्किन्छ । जुत्ताले मानिसको हैसियतसमेत बताउँछ । हामीले जुत्ता-चप्पललाई इज्जतसाथ लगाएमा भने त्यसले तपाईंको स्तर बढाउँछ ।

धेरै जसो समय, मौसम र अवसर हेरेर जुत्ता-चप्पल लगाउने गर्नुपर्छ । जुत्ता-चप्पलको मामलामा पुरुषभन्दा महिला एक कदम अगाडि हुन्छन् । यहाँ हामी महिलाले कस्तो अवसर र समारोहमा कस्तो जुत्ता-चप्पल लगाउने त ?

साँझको पार्टीमा

जमघटहरूमा सामान्य फ्ल्याट तथा हल्का हिल भएको चप्पल अथवा जुत्ता लगाउनुपर्छ । यस्तो अवसरमा चौडा हिल भएको चप्पल पनि उपयुक्त हुन सक्छ । यसले खुट्टालाई आराम दिन्छ । साँझको पार्टीमा अग्लो हिल भएको जुत्ता लगाउनु हुँदैन ।अग्लो हिल भएको जुत्ता अथवा चप्पल लगाएर धेरै समयसम्म हिँडडुल गर्न गाह्रो हुन्छ ।

रातिको पार्टी

रातीको पार्टीमा हिल कम भएको जुत्ता नै उपयुक्त हुन्छ । अझ वेज हिल भएका जुत्ता नै रातको पार्टीका लागि उपयुक्त हुन्छ । यो हिलले खुट्टालाई पूर्ण रूपले सपोर्ट दिन्छ, रत्तिभर असहज महसुस हुन दिँदैन ।

घुमफिर

साथी-भाइहरूसँग बाहिर घुम्न जानुभएको बेला फ्ल्याट जुत्ता लगाउनु उपयुक्त हुन्छ । यस्तो बेला जिन्ससँग स्पोर्ट्स सुज पनि उपयुक्त हुनसक्छ ।

होटल

डिनरका लागि होटल गएको बेला हल्का फेसनेबल हुन मन लाग्छ । त्यस्तो बेलामा आफ्नो पहिरन अनुसारकै जुत्ता-चप्पल छनोट गर्नुपर्छ । त्यो बेला साधारण खालको पहिरन लगाइएको छ भने जुत्ता-चप्पलमा विशेष ध्यान दिनुपर्छ ।

विवाहको पार्टी

विवाह, व्रतबन्धजस्ता विशेष अवसरमा हाइहिल भएकै फुटवेयर प्रयोग गर्न सकिन्छ, जसले तपाईंको शारीरिक बनावटलाई आकर्षक देखाउँछ । आफूले लगाएको पहिरनसँग जुत्ता-चप्पल मिलेको छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ ।

यो पनि…
कपाल झर्न रोक्ने पाँच प्राकृतिक उपाय जसले नयाँ कपाल उमार्न पनि सहयोग गर्छ
मोटोपना घटाउन के खाने के नखाने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो