English

स्थानीय निर्वाचन : कार्यकर्ता रिपोर्ट गर्ने, शीर्ष नेताहरू निर्देशन दिने



सत्तारुढ दल जिल्ला तथा पालिकाको गठबन्धनका विषयमा अल्लमल्ल बनिरहेको बेला महोत्तरीका नेताहरूले आफ्ना शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।

नेपाली कांग्रेस महोत्तरीका नेताहरूले आइतबार सभापति शेरबहादुर देउवा र अन्य शीर्ष नेतासँग छलफल गरेर फर्किए लगत्तै माओवादी केन्द्रका नेताले पनि अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेर फर्किएका छन् ।

अहिले बेलुका (२८ चैत) जिल्लास्थित नेताहरूले प्रचण्डसँग छलफल गर्दा गठबन्धनमा अडिग रहन निर्देशन भएको छलफलमा सहभागी केन्द्रीय सदस्य तथा महोत्तरीका नेता प्रकाश पोखरेलले जानकारी दिए ।

५ वैशाखभित्र उम्मेदवारसमेत टुंगो लगाउन निर्देशन भएको नेता पोखरेलको भनाइ छ । नेताहरूले अध्यक्ष प्रचण्डलाई जिल्लामा पार्टीको अवस्था र सत्ताघटक गठबन्धन दलको विषयमा रिपोर्ट गरेका थिए ।

महोत्तरीका नेता तथा केन्द्रीय सदस्य रामकुमार शर्मा, भरत साह, राजु खडका, भवानी खडका, प्रकाश पोखरेल, स्थायी कमिटी सदस्य गिरिराजमणी पोखरेलसहित छलफलमा पुगेका थिए ।

मंगलबार नै मधेश प्रदेशमा गठबन्धनको मोडालिटीको समबन्धमा बैठक बस्दै छ भने केन्द्रमा पनि गठबन्धनको अल्लमल्ललाइ भोलि नै निष्कर्षमा पुर्‍याउने तयारी भएको छ ।

यता गठबन्धनको विपक्षमा रहेका नेपाली कांग्रेसका नेताले सभापति शेरशहादुर देउवालाइ भेटेर फर्किएपछि जिल्लामा नेता तथा कार्यकर्तालाई गठबन्धनको पक्षमा उभिन आग्रह गरेका छन् । नेपाली कांग्रेसका जिल्ला नेता चिरिन्जिबी हमाल, नागेस्वर यादवलगायतका नेताले आइतबार शीर्ष नेतालाई भेटेर जिल्ला फर्किएका थिए ।

गठबन्धनप्रति असन्तुष्टि जनाइरहेका नेता, कार्यकर्तालाई पनि सत्ताघटक दलले निकालेको संयुक्त अपिलले मथर बनाएको छ । मंगलबार गठबन्धनको मोडालिटी बनेपछि जिल्लामा चुनावी रौनक सुरु हुने देखिएको छ ।

माओवादी केन्द्र महोत्तरी पनस उम्मेदवार छान्न अल्लमल्लमा परिरहेको बेला नेताहरूको छलफलले उम्मेदवार छनोटको प्रक्रियामा निर्धक्क भएर लाग्न बाटो खुल्ला भएको नेताहरूले बताएका छन् ।

यो पनि…
गठबन्धनका लागि शीर्ष नेताको संयुक्त अपिल

गठबन्धनका तीन चुनौती, तीन स्वार्थ
चुनावी तालमेलबारे थप निर्णय गर्दै गठबन्धन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested