English

गठबन्धनका तीन चुनौती, तीन स्वार्थ



३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई ठूलो दल बनाउन चाहेका छन् ।

अघिल्लोपटक उनकै नेतृत्वमा कांग्रेस स्थानीय निर्वाचनमा जाँदा एमालेसँग हार्यो । हारको दोष पार्टीको संस्थापनइतर पक्षले उनीमाथि नै थोपरिदिए ।

राजनीतिक विश्लेषक डा. विष्णु दाहालका अनुसार यसपटक देउवा पार्टीलाई पहिलो बनाएर जस लिन चाहन्छन् । त्यसकै लागि संसद्मा रहेका बाँकी चार दलसँग मोर्चाबन्दी कसेका हुन् ।

तर, गठबन्धनमा चुनावी तालमेल गर्न देउवासामु तीनवटा चुनौती रहेको विश्लेषण डा. दाहालको छ । पहिलो-निर्वाचनमा डा. शेखर कोइराला पक्षलाई सिट बाँडफाँट, दोस्रो–गठबन्धनका बाँकी चार घटकलाई सिट बाँडफाँट र तेक एमालेसँग प्रतिस्पर्धा ।

शेखर पक्ष चैतको दोस्रो साता सकिएको पार्टी केन्द्रीय समिति बैठकमै चुनावी तालमेलको विपक्षमा उभियो । मुख्य प्रतिस्पर्धी दल एमाले दुई टुक्रा भएको अवस्थामा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने मत अघि सार्यो । तर, बहुमत केन्द्रीय सदस्य गठबन्धनको पक्षमा उभियो र फरक मत मात्र शेखर पक्षको दर्ज भयो ।

तर, अहिले पनि शेखर पक्षले चुनावी तालमेलको विरोध गरिरहनुको कारण गठबन्धनका दलहरूबीच स्थानीय तह भागबण्डा गर्दा कांग्रेसले पाउनेमध्येबाट भाग लिन भइरहेको ‘बार्गेनिङ’को रूपमा दाहाल लिन्छन् । देउवाका लागि यो एउटा चुनौती भएको उनले बताए ।

गठबन्धनमा रहेका बाँकी चार दलमध्ये पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध डा. शेखर पक्षीय नेताहरू आक्रोश पोखिरहेका छन् ।

आक्रोश पोख्नेहरू उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापादेखि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सभापतिसम्म छन् । गठबन्धनमा रहेकै दल र तीनका नेताविरुद्ध यसरी निरन्तर गठबन्धनमा दरार आउनेगरी आक्रोश पोखिरहँदा देउवाले रोक्न सकेका छैनन् ।

गठबन्धन ‘मोडालिटी’ पनि तयार भएको छैन । तर, स्थानीय आवश्यकताअनुसार तालमेल गर्नेगरीको ‘मोडालिटी’को पक्षमा कांग्रेस छ । यसप्रति माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीदेखि राष्ट्रिय जनमोर्चा त्यति सन्तुष्ट देखिएका छैनन् । यसलाई पनि डा. दाहाल चुनौतीको रूपमा लिन्छन् ।

स्थानीय निर्वाचनमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको राजनीतिक प्रतिरोध गर्न पनि एमाले नेतृत्वमा अर्को बलियो गठबन्धन बन्ने देखिन्छ । यो चुनौती हुन सक्छ ।

यता, एमाले बलियो प्रतिस्पर्धीको रूपमा देखिएको छ । एमाले नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) गठबन्धन बन्ने सम्भावना बढेको छ । गठबन्धन बने देउवा नेतृत्वको गठबन्धनलाई जित्न अर्को चुनौती पनि थपिने उनले बताए ।

अर्का राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी पनि दाहालको तर्कमा सहमति जनाउँदै भन्छन्, ‘स्थानीय निर्वाचनमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको राजनीतिक प्रतिरोध गर्न पनि एमाले नेतृत्वमा अर्को बलियो गठबन्धन बन्ने देखिन्छ । यो चुनौती हुन सक्छ ।’

यसरी दुई ठूला गठबन्धनको दिशामा दलहरू जानुलाई दुई कारण रहेको केसीलाई लागेको छ । पहिलो, सत्ता स्वार्थ र दोस्रो, कांग्रेस–एमालेको पहिलो बन्ने र अन्य दलको अस्तित्व जोगाउने उद्देश्य ।

यही कारण सैद्धान्तिक र वैचारिक बेमेल पार्टीहरूबीच निर्वाचनमा गठबन्धन बनेको हो ।

यो पनि
भारत भ्रमणका नाममा प्रधानमन्त्री देउवाले तोडे यी परम्परा
देउवाको प्रश्न : ‘भोलि एमाले र माओवादी मिले के गर्ने ?’ 



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested