English

बिच भलिबलको उपाधि पुलिसलाई



लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पाल्पाको तानसेनस्थित रानीमहलमा पूर्व राष्ट्रिय खेलाडी कमला पुन र राष्ट्रिय खेलाडी मनीषा चौधरीको जोडीले लुम्बिनीलाई २१–८, २१–१७ को पराजित गर्यो ।
प्रतियोगितामा शतप्रतिशत जितसहित फाइनलमा पुगेको पुलिसले समूह चरणमा लुम्बिनीलाई सोझो सेटमा हराएको थियो ।

यस्तै, लुम्बिनीले क्वार्टरफाइनलमा राष्ट्रिय टोलीकी पूर्व सदस्य रेश्मा भण्डारी र निरुता ठगुन्नाको जोडी सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २१–१७, २१–१३ को सोझो सेटमा हराएको थियो ।

प्रतियोगिताको विजेता बनेसँगै पुलिसले एक लाख रुपैयाँ प्राप्त गरेको छ। यस्तै, उपविजेतामा चित्त बुझाएको लुम्बिनीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

यो पनि…
आइपिएल : लखनउको तेस्रो जित, डी ककको मात्रै ८० रन

लगातार दुईपटक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र एक्कासि किन चुक्यो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का