English

अन्तिममा हरायो बाँसबारीले झम्सिखेललाई



झम्सिखेल युथ क्लबलाई २-१ अन्तरले पराजित गर्दै बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगको सुखद अन्त्य गरेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको ५४औं मिनेटमा भीष्मराज घिमिरेले गरेको गोलबाट बाँसबारीले अग्रता बनाएको थियो । ६१औं मिनेटमा बिक्की राईले गोल गर्दै बाँसबारीको अग्रता दोब्बर पारे । खेलको ७९औं मिनेटमा सुवासराज गोलेले झम्सिखेलको तर्फबाट सान्त्वना गोल गरे ।

जितसँगै बाँसबारीले १३ खेलबाट १९ अंक जोडेको छ । यस्तै, पुछारमा रहँदै लिगको अन्त्य गरेको झम्सिखेलले समान खेलबाट नौ अंक जोडेको छ । झम्सिखेल यसअघि नै तेस्रो डिभिजनमा घटुवा भइसकेको छ । १८ फागुनदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुने र पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुने प्रावधान छ ।

दुई खेलअघि नै चर्च ब्वाईज क्लब शीर्षस्थानमा रहँदै ए डिभिजन लिगमा बढुवा भइसकेका छन् । दोस्रो टोलीको रूपमा खुमलटार युथ क्लब र रानीपोखरी कर्नर टिम आरसिटी शीर्ष डिभिजन लिगमा बढुवा हुने संघारमा छन् ।

यो पनि…
आइपिएल : लखनउको तेस्रो जित, डी ककको मात्रै ८० रन

लगातार दुईपटक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र एक्कासि किन चुक्यो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested