English

जात्रा सिरिजका निर्देशक प्रदीप भट्टराईको नयाँ प्रोजेक्ट ‘महापुरुष’



जात्रा सिरिजमार्फतआफ्नो निर्देशकीय क्षमतालाई प्रस्ट्याइसकेका निर्देशक प्रदीप भट्टराई नयाँ फिल्म ‘महापुरुष’ को तयारीमा जुटेका छन् । वैशाख तेस्रो साताबाट फिल्मको छायांकन गर्ने तयारीमा रहेका भट्टराईले स्क्रिप्टको काम लगभग सकिएको बताए ।

‘हामी वैशाखमा छायांकनमा जाने तयारीमा छौँ । सम्भ्वतः तेस्रो साताबाट छायांकनमा जान्छौँ’ निर्देशक भट्टराईले भने । उनले फिल्मको सम्पूर्ण टिमलाई छिट्टै मिडियासामु परिचय गराउनेसमेत बताए ।

जात्रामार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले त्यसपछि निर्देशन गरेका शत्रुगते र जात्रैजात्रालाई पनि दर्शकले रुचाइसकेका छन् । ‘डेब्यु फिल्ममार्फत नै पाइरहेको सफलताले ममाथि जिम्मेवारी थपिएको छ । सफलता त व्यावसायिकता भयो नै मैंले दर्शकमाझ बनाएको विश्वासलाई गुमाउनु छैन । बढाउनुपर्ने छ,’ निर्देशक भट्टराईले भने । उनले यसपटक जात्रा सिरिजभन्दा बाहिरको ‘महापुरुष’ टाइटलमा फिल्म गर्दैछन् ।

प्रदीपले निर्देशन गर्ने फिल्मलाई रवीन्द्रसिंह बानियाँ र दीपेश खत्रीको षट्कोण आर्ट्सले निर्माण गर्ने भएको हो । महजोडी अर्थात् वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका फिल्ममा रवीन्द्रसिंह बानियाँ, कविता सुवेदी र प्रशान्त श्रेष्ठको समेत अभिनय हुनेछ ।

यो पनि
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
नेपाली फिल्मले दर्शकलाई हलसम्म डोर्याउन किन सकेन ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested