English

पललाई थुनामा राख्न आदेश



बलात्कार आरोपी कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन नवलपुर जिल्ला अदालतले आदेश दिएको छ । उनीविरुद्ध बुधबार थुनछेक बहस भएको थियो ।

शाहविरुद्धको थुनछेक बहसका क्रममा शाहका पक्षबाट ९ जना वकिलले बहस गरेका थिए भने पीडित किशोरीको पक्षबाट तीन जना सरकारी वकिलले बहस गरेको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए ।

शाहलाई बुधबार नै तनहुँ कारागार पठाइने भएको छ । पीडित किशोरीको तर्फबाट सरकारी वकिल कमल पन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले बहस गरेका थिए ।

प्रतिवादी शाहका तर्फबाट भने ९ जना वकिलले बहस गरेका छन् । वरिष्ठ अधिवक्ता वेदुनाथ खनाल र कमलामोहन वाग्ले, अधिवक्ता गणेशप्रसाद अधिकारी, भानुभक्त सुवेदी, जनकराज ढुंगाना, चेतनारायण भुसाल, मिलनध्वज शाही, माधव घिमिरे र बालकृष्ण गैरेले बहस गरेका हुन् ।

उनीहरूले शाहमाथि झुटो आरोप लगाई फसाउने नियत लिएको तर्क पेस गरेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत नवलपुरमा ल्याएर बयान लिइएको हो ।

पीडित किशोरीले फागुन ११ गते दिएको किटानी जाहेरीका आधारमा तनहुँ प्रहरीले शाहलाई पक्राउ गरेको हो । किशोरीले सुरुमा तनहुँ प्रहरीमा र पछि गौंडाकोट प्रहरीमा जाहेरी दिएकी थिइन् ।

यो पनि…
पल-समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
पल शाहलाई थुनामा पठाउन आदेश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested