English

‘सम्झौता कार्यान्वयन हुनुपर्छ, उधारो आश्वासन मान्दैनौँ’



लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । उनले उधारो आश्वासन नमान्ने भन्दै नगदमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित पाल्हीनन्दन–५ गेरमीमा पार्टीको जिल्ला समितिले आज मंगलबार आयोजना गरेको जनसभामा उनले भने, ‘हाम्रा माग सम्बोधनका लागि सबै प्रधानमन्त्रीसँग सम्झौता भएको छ, वर्तमान सरकारसँग पनि सम्झौता कार्यान्वयनका लागि कुरा भइरहेको छ, सकारात्मक जवाफको प्रतीक्षामा छौँ, उधारो आश्वासन मान्दैनौँ ।’

मधेस आन्दोलनका क्रममा धेरै कार्यकर्तालाई झुटा मुद्दा लगाइएको भन्दै उनले भने, ‘ओली प्रधानमन्त्री हुँदा १३९ जना रिहा भएका थिए, बाँकीलाई पनि विनाशर्त रिहा गर्नुपर्छ, सम्झौता कार्यान्वयन नभएसम्म सङ्घर्ष जारी रहन्छ ।’

नेता ठाकुरले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै असन्तुष्टि जनाए । नागरिकता नहुँदा मधेसका हजारौँ नागरिकले समस्या भोगिरहेकाको भन्दै नागरिकता विधेयक छिटो अघि बढाउन उनले माग गरे ।

वरिष्ठ नेता राजेन्द्र महतोले मधेस र मधेसी नागरिकमाथि अझै पनि भेदभाव रहेको जिकिर गरे । मधेसका अधिकार प्राप्त नभएसम्म सङ्घर्ष जारी राख्नुको विकल्प नभएको उनले बताए ।

यो पनि…
स्थानीय तह : झिनामसिना काम नै उपलब्धिको सूचीमा

स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested