English

जलवायु अनुकूलन र जैविक खेतीका लागि प्रोत्साहन गर्दै ‘नलेज पार्क’



काभ्रेपलाञ्चोकका गाउँ-गाउँमा सञ्चालित ज्ञानोद्यान किसानको प्राविधिक सहयोगीको आधार बन्न सफल भएको छ । कृषि समूहका निश्चित क्षेत्रमा नमुनाका रूपमा सञ्चालित सो उद्यानकै कारण किसानलाई कृषि प्राविधिक खोज्ने झन्झट करिब-करिब हटेको छ ।

यसले किसानलाई रोग-किरा कसरी व्यवस्थापन गर्ने, के औषधि राख्ने, प्राङ्गारिक बाली उत्पादन कसरी गर्ने र जलवायु परिवर्तन अनुकूलन खेती प्रणाली कसरी अपनाउने भनेर ज्ञान दिएको छ, जसले बाली उत्पादन बढाएको र जैविक प्रविधिको प्रयोगले वातावरण संरक्षणमा सहयोग पुर्याएको छ ।

नलेज पार्कमा १०-१२ थरीका प्रविधि प्रयोगमार्फत कृषिसम्बन्धी ज्ञान लिइन्छ । अर्गानिक खेतीमा जान सहयोगी भएको छ, यो हाम्रा लागि भरपर्दो एक सिकाइ केन्द्रको हो ।

‘नलेज पार्कमा १०-१२ थरीका प्रविधि प्रयोगमार्फत कृषिसम्बन्धी ज्ञान लिइन्छ, अर्गानिक खेतीमा जान सहयोगी भएको छ, यो हाम्रा लागि भरपर्दो एक सिकाइ केन्द्रको हो‘, नमोबुद्ध नगरपालिका–६, चरङ्गेका भरतप्रसाद न्यौपानेले भने ।

भकुन्डे कृषि उपज सङ्कलन केन्द्र र त्यसअन्तर्गत राधाकृष्ण कृषक समूह (दुवै संस्था) का अध्यक्ष न्यौपाने समूहमा मात्रै झन्डै २०० रोपनीमा तरकारी खेती हुँदै आएको सुनाउनुहुन्छ । त्यो तरकारी जैविक सरहकै उत्पादन हुने गर्छ ।

विगतमा काभ्रेपलाञ्चोकका तरकारीमा बढी विषादी भयो भनेर आरोप लागेको थियो । यस सिकाइले भने त्यसलाई हटाउन र बढ्दो विषादी रोक्न किसान सफल भएका छन् । किसानलाई जलवायु परिवर्तनअनुसार कसरी खेतीबाली लगाउने भन्ने सिकाइ पनि प्राप्त भएको छ ।

उद्यानमा मोहनी पासो, सोली पासो, च्यापच्यापे पासो र बत्ती पासो थापेर किराबाट तरकारी जोगाउन सकिन्छ । ट्रे र जालीमा बेर्ना उत्पादन, मलखाद, झोल मल र अमृत जल यही उद्यानमा उत्पादन हुन्छ । कसरी उत्पादन हुन्छ भन्ने कुरा किसान आफैँले अभ्यास गरेर थाहा पाउँछन् ।

बिरुवा स्वस्थ बनाउनका लागि अमृत जलको प्रयोग हुन्छ । तीस लिटर गाईको पिसाब, झन्डै दुई पाउ सक्खर, एक पाउ कोसेबालीको पिठो र ६० लिटर पानी मिसाएर घोलेपछि अमृत जल तयार हुन्छ । यसले बिरुवालाई स्वस्थ बनाएर प्रतिरोधात्मक क्षमता बढाउने न्यौपाने जानकारी दिन्छन् ।

आफैँले उत्पादन गरेर आफैँले खानुपर्छ, बढी भएकामा अरूलाई पनि स्वस्थकर तरकारी खुवाउनुपर्छ भनेर अर्गानिक तरकारीमा जोड दिन थालेको छु ।

किरा व्यवस्थापन गर्न लाइट पासो, सोली पासो र मोहनी पासो प्रयोग गरिन्छ । त्यस्तै ‘नलेज पार्क’ नमोबुद्ध – २ कुँइकेल थुम्कामा इन्द्रबहादुर कुइँकेलको बारीमा पनि छ । उनले दुई रोपनी क्षेत्रमा उद्यान बनाएका छन् । बढ्दो विषादीका कारण मानिसको स्वास्थ्य बिग्रिरहेका बेला स्वस्थ शरीरका लागि दैनिक खाने तरकारी स्वस्थकर हुनैपर्छ । ‘त्यसैले आफैँले उत्पादन गरेर आफैँले खानुपर्छ, बढी भएकामा अरूलाई पनि स्वस्थकर तरकारी खुवाउनुपर्छ भनेर अर्गानिक तरकारीमा जोड दिन थालेको छु’, कुँइकेल भन्छन् ।

ज्ञानोद्यानमार्फत अरूलाई पनि सिकाउँदै गएको जानकारी दिँदै उनले थपे, ‘यस्तो प्रविधिको विकास देशैभरि हुनुपर्छ ।’ उनले यस्तो तरकारीलाई सिन्धुका ब्राण्ड नै बनाउनुपर्नेमा जोड दिए ।

यहाँका किसानमा पछिल्ला समय जलवायु परिवर्तन अनुकूलन कृषि प्रणालीमा आकर्षण बढ्न थालेको छ । अहिले सुक्खा पखेरालाई हरियाली बनाउने तथा पाखोबारीमा परेको पानी जम्मा गरेर तरकारी खेती गरी हराभारा बनाएर मनग्ये आम्दानीसमेत लिन थालिएको अर्का कृषक जमुना अधिकारी बताउँछन् । उनका अनुसार कुन बेला के तरकारी लगाउने, कस्तो बेला कुन रोग र किरा लाग्छ, त्यसको उपचार के हुनेलगायत सन्देश मोबाइलमै पठाइने हुँदा किसानलाई थप सजिलो भएको छ ।

नगरपालिकाका प्रमुख टेकप्रसाद शर्मा तिमिल्सिना नगरलाई नै जैविक कृषि प्रणाली र वातावरणमैत्री प्रविधिका विकासमा जोड दिन थालिएको र त्यसमा यस्ता ‘नलेज पार्क’ले ठूलो सहयोग गरेको सुनाउछन् । उनले दक्षिण कोरियाको नगरपालिकासँग समन्वय गरेर कृषि अनुसन्धान केन्द्र विकास गर्न लागिएको पनि जानकारी दिए ।

यसरी किसानलाई सिकाउनका लागि सिप्रेड भन्ने संस्थाले प्राविधिक सहयोग गरेको वरिष्ठ कृषि प्राविधिक रामदेव साहले बताए ।
यसले किसानलाई नै सहभागी गराएर अभ्यास गराउने नयाँ तरिका अपनाउँदै आएको छ । अरूले भनेको कुरा भन्दा आफैँले गरेर अनुभव लिँदा चाँडै विश्वास गर्ने भएकाले व्यावहारिक रूपमा तरकारी फलाएरै अध्ययन अनुसन्धान र अभ्यास गरिने साहको भनाइ छ । उहाँका अनुसार अभ्यासमा एकीकृत किट व्यवस्था(आइपीएम) उपकरण प्रयोग हुन्छ । विषादी नभई घरेलु जैविक विषादी र मलको अधिकतम उपयोग हुन्छ ।

नमोबुद्धका ३६ ठाउँ छनोट गरेर गरिएको अभ्यास सफल भएको छ । गाउँ-गाउँमा माटो, सिमेन्ट र बालुवा मिसाएर पानी पोखरी बनाइएको छ जुन पानी तरकारीमा सिँचाइका लागि प्रयोग हुन्छ । यसले पानी नभएको सुक्खा डाँडा हरियाली बनाएको छ । थोरै पानीले पनि धेरै उत्पादन गर्न सकिने कुरा किसानले आफैँ अभ्यास गरेपछि थाहा पाएका छन् । यसको अरूले समेत सिको गर्न थालेका छन् ।

‘नलेज पार्क’ मा वातावरणमैत्री प्रविधिको प्रयोग गरिने र त्यसबाट जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण र अनुकूलन गर्न सहयोग गर्ने हुँदा बाली उत्पादन बढाई खाद्य सुरक्षामा सुधार गर्न सहयोग पुग्ने यहाँका किसानलाई प्राविधिक सहयोग गर्दै आएको वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्रका कार्यकारी निर्देशक केशवदत्त जोशी बताउँछन् ।

यी प्रविधि सामान्य र आर्थिक हिसाबले पनि सहज उपलब्ध हुन्छन् । त्यस्ता प्रमाणित प्रविधि प्राकृतिक स्रोत– साधनमा आधारित, प्राकृतिक वस्तुको उपयोग र पुनः प्रयोगमा आधारित हुन्छन् । यी सबै वातावरणमैत्री प्रविधि ज्ञानोद्यानमा प्रदर्शन गरिएका हुन्छन् जहाँबाट अन्य कृषक तथा समुदायले यस्ता प्रविधि प्रयोग गर्ने तरिका सिकेर व्यापक रूपमा आफ्नो कृषि क्षेत्रमा प्रवद्र्धन गरी वातावरण अनुकूलन बनाउन सहयोग पुग्छ ।

पहिले त्यही पाखामा गहुँ, कोदो, मकै लगाएर न्यून आम्दानी गरिन्थ्यो, अरू बेला सुक्खा हुने पाखा बाह्रै महिना हराभरा हुन थालेको छ, बजारको राम्रो व्यवस्थापन हुन सके युवा बिदेसिनु पर्दैन।

गाउँमा यतिबेला काउली, बन्दा, केराउ, लसुन, प्याज, धनियाँलगायत २२ भन्दा बढी प्रकारका तरकारी लहलह भएको छ । ‘पहिले त्यही पाखामा गहुँ, कोदो, मकै लगाएर न्यून आम्दानी गरिन्थ्यो, अरू बेला सुक्खा हुने पाखा बाह्रै महिना हराभरा हुन थालेको छ, बजारको राम्रो व्यवस्थापन हुन सके युवा बिदेसिनु पर्दैन’, कुइंँकेल थुम्कास्थित नारायणस्थान महिला कृषक समूहका अध्यक्ष अधिकारी भन्छन् ।

जब जैविक मलको प्रयोग गरी प्राङ्गारिक उत्पादनतर्फ किसान लागे, तब गाउँभरि नै मौरी भुनभुनाउन थालेको छ । कृषकका बारीमा नै मौरीको गोलो नै आएर बसेको भेटियो । मौरी आउनु भनेको वातावरण स्वस्थकर भएको सूचक हो ।

यस्तो छ प्रविधि

ज्ञानोद्यानमा एउटै किसानले २२ थरीसम्म तरकारी लगाएर सिकाउँदै आएका छन् । किरा व्यवस्थापनका लागि विभिन्न प्रविधि प्रयोग गरिएको छ जसले गर्दा विषादी प्रयोगसमेत न्यूनीकरण हुनाका साथै जैविक विषादीमा जोड दिन थालिएको छ । आफैँले अभ्यास गरेर किसानले सिप सिक्न सक्ने उक्त उद्यान किसानको प्राविधिक सहयोगी नै बनेको छ ।

सोली पासो­

तल बन्द भाँडो राखिएको हुन्छ । त्यसभित्र पोथीको बास्ना आउने गरी ‘स्पोडो ल्यूर’ रसायन राखिएको हुन्छ । काउलीको पात खाने शत्रुजीव भाले पुतली नियन्त्रण तथा व्यवस्थापनका लागि यसको प्रयोग हुन्छ । त्यसको बास्नाले ‘मोहनी पासो’ मा आएर बस्छ, अनि सोली भित्र पसेर तल झर्छ, त्यसपछि बाहिर निस्किन पाउँदैन जसले गर्दा तरकारी जोगिन मद्दत गर्छ ।

च्यापच्यापे पासो

यो निलो रङमा आकर्षित हुने किराको नियन्त्रण तथा व्यवस्थापनका लागि प्रयोग गरिन्छ । त्यहाँ किरा आएर बस्छ र टाँसिन्छ, जसले तरकारी नष्ट गर्न पाउँदैन ।

बत्ती पासो

राति उड्ने किरा बत्तीमा आकर्षित हुने भएकाले यसको नियन्त्रण र व्यवस्थापनका लागि यो प्रयोग हुन्छ । राति १० बजेसम्म शत्रुजीव किराको चलखेल हुन्छ, तिनीहरु उज्यालो खोज्न आउँछन् । एउटा बाटामा पानी हुन्छ, छेउमा बत्ती बालिएको हुन्छ, त्यहाँ आएर किरा पस्छ । राति १० बजेपछि मित्रुजीव आउने हुँदा त्यस बेला भने निभाइन्छ जसले तरकारी खान आएको किरा त्यही पानीमा परेर नष्ट हुन्छ र बाली जोगिन्छ ।

ब्याकुल्यूर पासो

यो लहरेबालीमा लाग्ने औँसा किरा नियन्त्रण गर्नाका साथै मालाथियन नामक घातक विषादीको प्रयोग घटाउन सहयोग गर्छ ।
यस्ता दर्जनौँ प्रविधिको प्रयोग गरी एकातिर जलवायु अनुकूलन खेतीबाली लगाइएको छ भने अर्कातिर जैविक विषादीको भरपुर प्रयोग गरी रासानिक विषादी न्यूनीकरण गरिएको छ जसले तरकारी उत्पादन बढेको र स्वस्थकर भएको स्वयं किसानको अनुभव छ ।

यी सबै जलवायु अनुकूलन कृषि समाधान कार्यक्रम ९आरएनएस० को एउटा नमुना ज्ञान केन्द्र हो ।

पहिले र अहिले

पहिला त्यही ठाउँमा काउली रोपिन्थ्यो, भरपुर विषादी हालिएको हुन्थ्यो । काउलीचाहिँ बजार लाने तर विषादी हालेको भएकाले
सिकाइ केन्द्रले विषादीको न्यूनीकरण गर्न सिकाएको छ । त्यसैकारण उत्पादन वृद्धि भएको तथा बजारमा पनि माग बढिरहेको स्वयं किसान सुनाउँछन् ।

मुख्यतः यहाँ सिंचाइ समस्या छ । किसानहरूले परेको पानी जम्मा गर्ने तथा बढी भएको खानेपानी र हातगोडा, भाँडा माझेको पानी जम्मा गरेर तरकारी फलाउँदै आएका छन् ।

सिप्रेडका वरिष्ठ कृषि प्राविधिक साह काभ्रेका नमोबुद्ध, धुलिखेल, बनेपा र पाँचखाल तथा डडेलधुरा, रसुवा र सुर्खेतका किसानलाई नलेज पार्कमार्फत जलवायु परिवर्तन अनुकूलन अभ्यास गराइएको बताउँछन् ।

नमोबुद्धमा मात्रै ८०० किसान सहभागी छन् । जहाँ पानी छैन, कृषि उत्पादन असहज छ, त्यहाँ त्यस्तो कार्यक्रम गरेर डाँडापाखा हरियाली पारिएको छ । नगरपालिकाका सहयोगमा समेत त्यस्ता सिकाइ केन्द्र विस्तार गर्न थालिएको छ ।

यो पनि…
मलेसियामा डेढ करोड सिध्याएका नरबहादुरलाई च्याउखेतीले बनायो करोडपति
कौसी खेतीसँगै पाएको आत्मसन्तुष्टि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले