English

देउवाले मागे भारतसँग नयाँ हवाई रुट



भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारसँग थप तीन वटा नयाँ हवाई रुट मागेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा नयाँ तीन वटा हवाई रुट उपलब्ध गराउन अनुरोध गरिएको हो ।

‘हामीले सडक, रेल र हवाई कनेक्टीभिटीका क्षेत्रमा छलफल गर्‍यौं,’ नेपाल–भारत उच्चस्तीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई रुटको लागि अनुरोध गरेका छौं ।’

प्रधानमन्त्रीको रूपमा पाँचौं पटक भारत भ्रमणमा रहेका देउवाले कोरोना नियन्त्रणमा खोप उपलब्ध गरि सहयोग गरेकोमा भारत र भारतीय जनतालाई धन्यवाद दिएका थिए । भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा राजनीतिक, आर्थिक र सामाजिक सबै पक्षमा गहन कुराकानी भएको उनले जनाए ।

उनले नेपाल र भारतले समावेशी विकासको साझा उदेश्य लिएको समेत बताए । भारतसँगको सम्बन्ध नेपाललाई निकै महत्त्वपूर्ण रहेको भनाइ उनको थियो । ‘भारतको समृद्धि र विकासबाट हामी पनि फाइदा लिन चाहन्छौं,’ प्रधानमन्त्री देउवाले भने ।

यो पनि…
यस्तो रह्यो देउवाको दिल्ली भ्रमण
देउवा र मोदीको ‘वान अन वान’ भेटवार्तामा के-के भयो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested