English

यस्तो रह्यो देउवाको दिल्ली भ्रमण



भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिनसम्म नयाँदिल्लीमा महत्त्वपूर्ण राजनीतिक भेटवार्तामा व्यस्त रहे । संयुक्त पत्रकार सम्मेलन तथा भेटवार्तामा नेपाल–भारत आपसी हितका साथै दुई देशका विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको बताइएको छ । देउवा-मोदी भेटवार्ताका क्रममा दिल्लीमा यस्तो भयो ।

नेपाली रेलको संयुक्त उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुर-जयनगर रेल सेवा उद्घाटन गरे । नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट शनिबार देउवा र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि नेपाली रेल गुडेको हो ।

उद्घाटनसँगै रेल नियमित रूपमा चल्ने भएको छ । भारतको ठूलो जक्सन जयनगरदेखि नेपालको पूर्वपश्चिम राजमार्गको बर्दिवास जोडिएको ब्रोडगेज रेल्वेअन्तर्गत अब जयनगरदेखि कुर्थासम्म यात्रु ओसार्ने काम नियमित हुनेछ ।

९० किलोमिटर लामो सोलु करिडोर प्रसारण लाइन उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले सोलु करिडोरको प्रसारण लाइनको पनि उद्घाटन गरेका छन् । शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले १३२ केभीको ९० किलोमिटर लामो प्रसारण लाइनको उद्घाटन गरेका हुन् । 

सोलु करिडोर विद्युत् प्रसारण लाइन सोलुखुम्बुमा उत्पादित जलविद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न भारतको निर्यात आयात बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा बनाइएको हो ।

सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिन्लास्थित सबस्टेसनसम्म ३ सय २ वटा टावरसहित सोलु करिडोर १३२ केभी प्रसारण लाइन निर्माण गरिएको हो ।

सीमा विवादको मुद्दा

प्रधानमन्त्री देउवाले मोदीसँग सीमा विवादको कुरा उठाएको बताए । प्रधानमन्त्री देउवाले नेपाल-भारतबीचको सीमा विषयलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीलाई भनेको उल्लेख गरेका छन् ।

हैदराबाद हाउसमा शनिबार भएको द्विपक्षीय भेटवार्तापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने,‘हामी (देउवा र मोदी) ले सीमा विषयका बारेमा छलफल गर्‍यौं । र, मैले मोदीजीलाई यो विषय द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरेका छौँ ।’

भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा हुँदै तिब्बतको मानसरोवर जाने सडक बनाएपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध चिसिएको थियो । केही समयअघि मात्रै भारतीय प्रधानमन्त्री मोदीले उक्त सडक निर्माणमा तीव्रता दिएको बताएका थिए ।

भारतीय कम्पनीद्वारा नेपालको विद्युत परियोजनामा अझ धेरै भागेदारीका विषयमा सहमति व्यक्त गरेका छौं, अब नेपालले भारतका लागि विद्युत निर्यात गर्दैछ, यसले नेपालको आर्थिक प्रगतिमा योगदान दिनेछ ।

भारतमा विद्युत निर्यात गर्दा नेपालको आर्थिक प्रगतिमा ठूलो योगदान’

भारतीय प्रधानमन्त्री मोदीले नेपालबाट भारतमा विद्युत निर्यात गर्ने योजनाले नेपालको आर्थिक प्रगतिमा ठूलो योगदान पुग्ने बताएका छन् ।  प्रधानमन्त्री देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले पञ्चेश्वर परियोजनालाई गति दिन दुवै देशका प्रधानमन्त्री सहमत भएको जनाउँदै विद्युत निर्यातले नेपालको अर्थतन्त्रमा सुधार आउने समेत मोदीले बताएका हुन् । 

‘भारतीय कम्पनीद्वारा नेपालको विद्युत परियोजनामा अझ धेरै भागेदारीका विषयमा सहमति व्यक्त गरेका छौं,’ मोदीले हैदरावाद हाउसबाट भने, ‘अब नेपालले भारतका लागि विद्युत निर्यात गर्दैछ, यसले नेपालको आर्थिक प्रगतिमा योगदान दिनेछ ।’ 

नेपालमा ‘रुपे’को कार्डको सुरुवातपछि आर्थिक कनेक्टीभिटी नयाँ अध्याय सुरु भएको जनाउँदै मोदीले अरु नेपाल प्रहरी प्रतिष्ठान, नेपालगञ्जको एकीकृत चेकपोष्ट र रामायण सर्किटले दुवै देशलाई थप नजिक जोड्ने उनले जनाए । 

‘नेपाल र भारतको जस्तो मित्रता विश्वमा कहीँ छैन’

मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध कतै नभएको बताएका छन् ।

संयुक्त पत्रकार सम्मेलनमा भारतीय मोदीले दुई देशको सभ्यता, संस्कृति र आदान-प्रदानको धागो प्राचीन कालबाटै जोडिएको बताएका हुन् ।

‘पञ्चेश्वर परियोजना यस क्षेत्रका लागि ‘गेमचेन्जर’ सावित हुनेछ’

भारतका प्रधानमन्त्री मोदीले पञ्चेश्वर बहुउद्देशीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर हुने बताएका छन् ।  उनले पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने र त्यसको महत्वमा जोड दिएको बताएका छन् । 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवासँगको छलफलमा दुई देशबीच ऊर्जा साझेदारीमा महत्वपूर्ण हुने मोदीको भनाइ छ । ‘ऊर्जा सहकार्यमा हाम्रो संयुक्त दृष्टिकोण आपसी सहयोगको ब्लुप्रिन्ट सावित हुनेछ । हामीले पञ्चेश्वर परियोजनामा तीव्र गतिले अगाडि बढ्ने र त्यसको महत्त्वमा जोड दिएका छौं । यो परियोजना यो क्षेत्रको विकासका लागि एक गेमचेन्जर सिद्ध हुनेछ ।’

भारतीय कम्पनीहरूलाई नेपालको जलविद्युत् विकासमा अझै बढी सहभागिताका लागि देउवा र आफूबीच सहमति भएको मोदीले उल्लेख गरेका छन् ।

हामीले नागरिक उड्डयनको विषयमा पनि छलफल गरेका छौं । हामीले नेपालको आग्रहअनुसारको नेपाल प्रवेशको थप हवाईमार्ग माग गरेका छौँ । महेन्द्रगञ्ज, नेपालगञ्ज र जनकपुरबाट माग गरेका छौँ ।

थप ३ वटा हवाई रुट उपलब्ध गराउन माग

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसमक्ष थप तीन वटा हवाई रुट उपलब्ध गराउन माग गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्वीपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयमा कुराकानी भएको बताए ।

‘हामीले नागरिक उड्डयनको विषयमा पनि छलफल गरेका छौं । हामीले नेपालको आग्रहअनुसारको नेपाल प्रवेशको थप हवाईमार्ग माग गरेका छौँ । महेन्द्रगञ्ज, नेपालगञ्ज र जनकपुरबाट माग गरेका छौँ । भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि सहयोगका लागि आग्रह गरेका छौँ,’ देउवाले भने ।

हामी दुवै जना उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन सहमत छौं । प्रधानमन्त्री मोदीजीलाई नेपालमा स्वागत गर्नका लागि म प्रतिक्षारत छु ।

मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले शनिबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भ्रमणको निम्तो दिएका हुन् ।

‘हामी दुवै जना उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन सहमत छौं । प्रधानमन्त्री मोदीजीलाई नेपालमा स्वागत गर्नका लागि म प्रतिक्षारत छु’ देउवाले भने ।

हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा देउवाले समकक्षी मोदीले २०१४ मा गरेको नेपाल भ्रमणको स्मरणसमेत गरेका थिए । मोदी २०१४ मा भारतको प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपाल भ्रमण गरेका थिए । त्यसपछि, उनले विभिन्न समयमा तीनपटक भ्रमण गरिसकेका छन् ।

तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आइतबार स्वदेश फर्किने छन् । देउवाको भारत भ्रमणको क्रममा दुई प्रधानमन्त्रीबीच विभिन्न चार वटा सम्झौतामा हस्ताक्षर भएको छ ।

यो पनि
दिल्लीमा के गर्दैछन् प्रधानमन्त्री देउवा ?
देउवा र मोदीको ‘वान अन वान’ भेटवार्तामा के-के भयो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,