English

चिसो पानीले मुख धुँदा हुने ५ फाइदा



लामो यात्राबाट आउँदासमेत कोही कोही मुख धुन अल्छि मान्छन् । तर मुख धुन चिसो पानीको प्रयोग गर्दा स्वास्थ्यका लागि धेरै फाइदा हुन्छ । यसबाट हुने केही फाईदाबारे जानौं ।

१. चिसो पानीले मुख धुँदा चाउरीपना कम हुन्छ

चिसो पानीले मुख धुँदा मुहारको प्राकृतिक सुन्दरतालाई जोगाई राख्न मद्दत गर्छ । अनुहारमा भएको चाउरीपन कम गर्दै छाला सुख्खा हुनबाट पनि बचाउँछ । त्यसैले, बिहान उठ्ने बित्तिकै चिसो पानीले अनुहार धुनुपर्छ ।

२.अनुहार सुन्निने समस्या कम हुन्छ

विहान उठ्नेबित्तिकै अनुहार चिसो पानीले धुँदा मुहार सुन्निन कम हुनुको साथै तैलिय छालाको लागि पनि चिल्लो पदार्थ कम गर्छ । चिसो पानीले बिहान मुख धुँदा तपाई फ्रेस महसुस गर्नु हुनेछ ।

३.सुख्खा छालाबाट छुट्कारा मिल्छ

चिसो पानीले मुख धुँदा तपाईंको छाला सुख्खा र सुस्त भएको छ भने त्योबाट पनि छुट्कारा मिल्छ । मुहारको सुस्तपन हटाउन पनि चिसो पानीले मुख धुनुहोस् । चिसो पानीले तपाईंको मुहारलाई ऊर्जावान बनाउँछ ।

४. मुहारमा भएको मसिनो छिद्रहरू बन्द गर्छ

चिसो पानीले मुख धुँदा मुहारमा भएको छिद्रहरू बन्द हुन्छ, जसले गर्दा विभिन्न छालासम्बन्धि समस्याहरू पनि कम हुँदै जान्छ । चिसो पानीले आँखा सफा गर्दा आँखाको तेज पनि बढ्छ ।

५.सूर्यको हानीकारक किरणबाट बचाउँछ

चिसो पानीले मुख धुँदा सूर्यको हानीकारक किरणबाट पनि बच्न सकिन्छ । चिसो पानीले मुहारमा भएको छिद्रहरूलाई बन्द गरेर सूर्यको सिधा किरणबाट हुने समस्या कम गर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

Latest










Popular
Suggested