English

तपाईं कम तौलका कारण चिन्तित हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय



वजन कम हुनुको पछाडि धेरै कारणहरू हुन सक्छ । झ्वाट्टै केही नदेखिने बिरामीको कारण पनि तौल कम भएको हुन सक्छ । डायबिटिज तथा क्यान्सरजस्ता बिरामीको कारण पनि तौल नबढेको हुन सक्छ । त्यस्तै थाइराइड ग्रन्थीले राम्ररी काम नगर्दा पनि तौल कम हुन्छ । आहार वा भोकमा परिवर्तन, पाचनमा अनियमितता, तनाव र डिप्रेसनले पनि वजन नबढेको हुन सक्छ ।

जो व्यक्ति दुब्लो छ, उसको पीडा पनि मोटो व्यक्तिको भन्दा कम हुँदैन । मोटो व्यक्ति तौल घटाउन जति मेहनत गर्छन्, दुब्लो मानिसले पनि मोटो हुन उत्तिकै मेहनत गर्छन् । आवश्यकता भन्दा दुब्लो हुनु पनि स्वस्थ्यका लागि राम्रो होइन ।

तौल घटाउने अनेक घरेलु उपायहरू छन् । त्यस्तै तौल बढाउन पनि केही सजिलो उपायहरू छन्, जसको प्रयोगले केही दिनमै तौल बढ्दै जाने छ । तौल बढाउन निम्न उपाय अपनाउन सकिन्छः

आलु

आलुलाई तपाईले आफ्नो दैनिक भोजनमा समावेश गर्नुहोस् । आलुमा कार्बोहाइड्रेट तथा कम्प्लेक्स सुगर हुन्छ, जसले तौल बढाउन मद्दत गर्छ । तपाई आलु जसरी पनि खान सक्नु हुन्छ । तर, त्यो धेरै तेलमा तारेको भने हुनु हुँदैन ।

घ्यू

घ्यू खानाले पनि तौल बढ्छ । किनकी यसमा ‘स्याचुरेटेड फ्याट’ तथा क्यालोरीको धेरै मात्रा हुन्छ । तपाईं घ्यू खानामा हालेर पनि खान सक्नु हुन्छ । त्यसको साथै सख्खरमा मिसाएर पनि खान सक्नु हुन्छ । तर, घ्यूको मात्रा भने सीमित हुनुपर्छ । एकैपटक धेरै घिउको प्रयोग भने गर्नुहुन्न ।

किसमिस

हरेक दिन एक मुठ्ठी किसमिस खानुहोस् । यसो गर्दा तपाईंको तौल छिटो बढ्छ । यसको साथै किसमिस तथा अञ्जिरलाई बराबरी मात्रामा लिएर, रातभरि पानीमा भिजाएर खाँदा पनि तौल बढ्छ । किसमिसलाई दूधमा मिसाएर खानाले पनि तौल बढ्छ । यसका साथै ओखरमा किसमिस मिसाएर खाँदा पनि दुब्लो पातलो मान्छे छिटो मोटाउँछन् ।

अण्डा

अण्डामा फ्याट तथा क्यालोरी धेरै मात्रामा हुन्छ । यसको दिनहुँ सेवन गर्नाले तौल बढ्छ । काँचो अण्डाको सेवन भने गर्नु हुँदैन । काँचो अण्डाको सेवनले स्वस्थ्यसम्बन्धि विभिन्न समस्याहरू निम्त्याउन सक्छ ।

केरा

दिनहँु केराको सेवन गर्नाले तौल बढ्छ । केरामा धेरै मात्रामा क्यालोरी हुन्छ, जसले शरीरमा शक्ति दिन्छ र तौल बढाउन पनि मद्दत गर्छ । तपाईं केरा, दूधसँग पनि खान सक्नुहुन्छ, त्यसको साथै बनाना सेक बनाएर पनि खान सक्नुहुन्छ ।

बदाम

बदामले पनि धेरै मात्रामा तौल बढाउन मद्दत गर्छ । यसको लागि ३–४ वटा बदाम रातभरी पानीमा भिजाएर राख्नुहोस् र आर्को दिन पिसेर दूधमा मिसाएर पिउनुहोस् । एक महिना दैनिक यस्तो गर्दा असर देखिन थाल्छ ।

पिनट बटर

पिनट बटरले पनि तौल बढ्छ । यसलाई तपाईं जसरी पनि खान सक्नु हुन्छ, पाउरोटीमा लगाएर तथा रोटीसँग पनि यो खान सकिन्छ । पिनट बटरमा धेरै क्यालोरी हुन्छ । यसका साथै यसमा कार्बोहाइड्रेट पनि धेरै मात्रामा हुन्छ ।

गेडागुडी

गेडागुडी तथा दालको सेवनले पनि तौल बढ्छ । गेडागुडी तथा भटमासमा धेरै मात्रामा क्यालोरी हुन्छ । गेडागुडीमा कार्बोहाइड्रेट तथा क्यालोरीको साथै फाइबरको मात्रा पनि धेरै हुन्छ । यी तत्वहरूले तौल बढाउन मद्दत गर्छ ।

अनार

दिनहुँ अनारको जुस पिउँदा पनि छिटो तौल बढ्छ ।

यी कुराहरूमा पनि दिनुहोस् ध्यान

– कतिपय व्यक्ति तौल बढाउने चक्करमा धेरै जंक फुड खान्छन् । तर जंक फुड स्वस्थ्यको लागि हानीकारक छ । त्यसैले जंक फुड खानु हँुदैन ।

– तौल बढाउन धेरैले औषधी तथा प्रोटिन सप्लिमेन्ट पनि खाने गर्छन्, तर स्वस्थ्यको लागि यो खतरनाक हुन सक्छ । औषधीले तपाईंको तौल त बढ्छ तर यसको साइड इफेक्ट हुन सक्छ ।

पर्याप्त मात्रामा निदाउनाले पनि तौल बढ्छ । कम्तिमा ८ घण्टाको निद्राले शरीरलाई आराम मिल्छ । कति जनामा कम तौल वंशाणुगत कारणले पनि हुन्छ । तपाईं स्वस्थ्य हुनुहुन्छ भने जवर्जस्ती तौल बढाउने काम नगरेकै वेश । किनभने मोटोपन रोगको अर्को घर हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले

Latest










Popular
Suggested