English

दर्शकप्रति विश्वस्त अनमोल केसी



अभिनेता अनमोल केसीले नेपाली फिल्म ‘ए मेरो हजुर ४’ स्तरीय बनेको बताउदै दर्शकप्रति विश्वस्त रहेको बताएका छन् । अनमोलले नेपाली फिल्म पछिल्लो समय स्तरीय बनिरहेको प्रतिक्रिया दिँदै भने, ‘तपाईहरूलाई फिल्म हेर्ने र नहेर्ने अधिकार छ । हामीले पनि नाक खुम्च्याउनुपर्ने फिल्म बनाएका छैनौ । म आफैँ पनि युथ भएकाले ढुक्क साथ भन्न सक्छु ।’

नेपाली फिल्मलाई माया गर्ने दर्शक र मलाई यो स्थानसम्म पुर्याउने फ्यानप्रति पूर्ण विश्वत छु

उनले आफूलाई स्टारडमभन्दा पनि नेपाली दर्शकप्रति विश्वास रहेको प्रतिक्रिया दिए । ‘नेपाली फिल्मलाई माया गर्ने दर्शक र मलाई यो स्थानसम्म पुर्याउने फ्यानप्रति पूर्ण विश्वत छु’ अनमोलले भने । अनमोलझैँ निर्माता सुनिलकुमार थापाले पनि नेपाली फिल्म नै प्राथमिकतामा पर्ने बताए । ‘हामी विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्दैछौं । हामी नेपालमा छौँ । यहाँ त साथ पाउने नै छौँ,’ सुनिलले भने । उनले नेपाली फिल्मलाई दर्शकसम्म पुर्याउन वितरक र प्रदर्शकको साथ चाहिने बताए ।

हामीले के कस्तो काम गर्यौं भनेर मूल्यांकन गरिदिने दर्शक हुन् । सल्लाह, सुझाव र हौसलाको सदैव अपेक्षा रहने छ

निर्देशक झरना थापाले पनि स्तरीय फिल्म बनाउने कोसिस गरेकाले हेरेर प्रतिक्रिया दिन दर्शकलाई आग्रह गरिन् । ‘हामीले के कस्तो काम गर्यौं भनेर मूल्यांकन गरिदिने दर्शक हुन् । सल्लाह, सुझाव र हौसलाको सदैव अपेक्षा रहने छ,’ निर्देशक थापाले भनिन् । फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय रहेको छ ।

यो पनि…
सलमान खानलाई मन्त्री आलेले के भने ?

किन चर्चामा छ ‘दि कश्मिर फाइल्स’



सम्बन्धित खबरहरु

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

Latest










Popular
Suggested