English

दर्शकप्रति विश्वस्त अनमोल केसी



अभिनेता अनमोल केसीले नेपाली फिल्म ‘ए मेरो हजुर ४’ स्तरीय बनेको बताउदै दर्शकप्रति विश्वस्त रहेको बताएका छन् । अनमोलले नेपाली फिल्म पछिल्लो समय स्तरीय बनिरहेको प्रतिक्रिया दिँदै भने, ‘तपाईहरूलाई फिल्म हेर्ने र नहेर्ने अधिकार छ । हामीले पनि नाक खुम्च्याउनुपर्ने फिल्म बनाएका छैनौ । म आफैँ पनि युथ भएकाले ढुक्क साथ भन्न सक्छु ।’

नेपाली फिल्मलाई माया गर्ने दर्शक र मलाई यो स्थानसम्म पुर्याउने फ्यानप्रति पूर्ण विश्वत छु

उनले आफूलाई स्टारडमभन्दा पनि नेपाली दर्शकप्रति विश्वास रहेको प्रतिक्रिया दिए । ‘नेपाली फिल्मलाई माया गर्ने दर्शक र मलाई यो स्थानसम्म पुर्याउने फ्यानप्रति पूर्ण विश्वत छु’ अनमोलले भने । अनमोलझैँ निर्माता सुनिलकुमार थापाले पनि नेपाली फिल्म नै प्राथमिकतामा पर्ने बताए । ‘हामी विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्दैछौं । हामी नेपालमा छौँ । यहाँ त साथ पाउने नै छौँ,’ सुनिलले भने । उनले नेपाली फिल्मलाई दर्शकसम्म पुर्याउन वितरक र प्रदर्शकको साथ चाहिने बताए ।

हामीले के कस्तो काम गर्यौं भनेर मूल्यांकन गरिदिने दर्शक हुन् । सल्लाह, सुझाव र हौसलाको सदैव अपेक्षा रहने छ

निर्देशक झरना थापाले पनि स्तरीय फिल्म बनाउने कोसिस गरेकाले हेरेर प्रतिक्रिया दिन दर्शकलाई आग्रह गरिन् । ‘हामीले के कस्तो काम गर्यौं भनेर मूल्यांकन गरिदिने दर्शक हुन् । सल्लाह, सुझाव र हौसलाको सदैव अपेक्षा रहने छ,’ निर्देशक थापाले भनिन् । फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय रहेको छ ।

यो पनि…
सलमान खानलाई मन्त्री आलेले के भने ?

किन चर्चामा छ ‘दि कश्मिर फाइल्स’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested