English

पलको निवेदनउपर उच्च अदालतमा पहिलो सुनुवाई



नाबालिका बलात्कार आरोपमा जेलमा रहेका अभिनेता पल शाहको निवेदन उपर उच्च अदालत पोखरामा पहिलो सुनुवाई भएको छ । उनीविरुद्ध तनहुँ प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत तनहुँले धरौटीमा रिहाइको आदेश नदिएपछि उनले पुनरावेदनका लागि उच्च अदालत पोखरामा आवेदन दिएका हुन् ।

प्रहरीले अनुसन्धान प्रतिवेदनसहित पललाई सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेकोमा अदालतले थप अनुसन्धानको लागि पुर्पक्षमा पठाउने आदेश दिएको थियो । जिल्ला अदालतको आदेशबाट असन्तुष्ट भएको भन्दै पलले उच्च अदालतमा निवेदन दिएका हुन् ।

उनले आफू बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग पनि गरेका छन् । उच्च अदालतमा भएको सुनुवाईपछि अदालतले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरेको सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए ।

निवेदन दिए पनि थपअनुसन्धान विना आदेश दिन नमिल्ने उनले बताए । तनहुँ अदालतले दिएको थुनछेकको आदेश र आदेश जारी गर्दाको प्रतिलिपी, प्रमाण माग गरेको उनको भनाइ छ । तनहुँ अदालतको आदेशबारे निर्क्यौल गर्न पुनःबहस हुनेछ । पललाई १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

यो पनि…
पल-समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
पल शाहलाई थुनामा पठाउन आदेश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested