English

आफ्नो शरीरको छाला कुन किसिमको हो ? यसरी थाहा पाउनुहोस्



प्रत्येक व्यक्तिले आफ्नो छालाको प्रकार थाहा पाउनु एकदमै जरुरी हुन्छ । छालाको प्रकार अनुसार छालाको हेरचाह गरिएन भने छालामा विभिन्न समस्याहरू देखिन सक्छन् । त्यसैले, छालाको प्रकारअनुसार त्यसको हेरचाह गर्नुपर्ने हुन्छ ।

घरमै छालाको प्रकार थाहा पाउने उपाय
राति सुत्नुअघि सफा पानीले मुख धुने ।
– कुनै पनि प्रकारको कस्मेटिक प्रोडक्ट नलगाउने ।
– कोठामा एसी, फ्यान र कुलर केही पनि नखोलेर सुत्ने ।
– बिहान उठ्ने बित्तिकै ऐना अगाडी उभिने र आफ्नो अनुहारलाई हत्केलाले ट्याप–ट्याप गर्ने ।

विशेषगरी, निधार, नाकदेखि चिउँडोको भाग (टी–जोन) र चिउँडोदेखि गालाको भाग (यु–जोन) लाई हात तथा टिस्युले ट्याप–ट्याप गर्दा तेल निस्कन्छ भने तपाईंको छाला तैलीय (ओयली) हो । यसरी ट्याप गर्दा अनुहारको यी दुई भागको छाला सुक्खा देखियो भने तपाईंको छाला सुक्खा (ड्राई) हो ।

छालामा तेल पनि निस्किएन र धेरै सुख्खा पनि भएन भने छाला सामान्य (नरमल) हो । तर, (टी–जोन) तैलीय छ र यु–जोन सुक्खा छ भने त्यस प्रकारको छालालाई संयोजन (कम्बिनेसन) छाला हो ।

अर्को उपाय
बिहान उठ्नेबित्तिकै ऐनाको अगाडि उभिने ऐनामा हेर्दा तपाईंको छाला अलि साइनीङ तथा तैलीय देखिन्छ । अनुहारमा छिद्रहरू देखिन्छ भने तपाईंको छाला तैलीय हो । ऐनामा हेर्दा तपाईंको छाला सुक्खा र टाइट देखिन्छ भने सुक्खा हो । टी–जोन तैलीय र यु–जोन सुक्खा छ भने संयोजन हो । छाला धेरै तैलीय छैन र सुक्खा छैन भने सामान्य र छाला रातो र धेरै त सुक्खा देखियो भने संवेदनशील हो ।

ध्यान दिनुपर्ने कुरा
यसरी महसुस गरेर तथा ऐनामा हेरेर घरमै आफ्नो छालाको प्रकार थाहा पाउन सकिन्छ । तपाईंलाई आफ्नो छालाको प्रकार थाहा भए पनि समय समयमा धेरै कारणले छालाको प्रकार परिवर्तन हुन सक्छ ।

उमेर, स्वास्थ्य अवस्था र वातावरणीय प्रदूषणको कारणले छालाको प्रकार परिवर्तन हुन्छ । त्यसैले समय समयमा आफ्नो छालाको प्रकार जाँच गरेर त्यही अनुसार छालाको हेरचाह गर्नुपर्छ ।

यो पनि…
गर्मीमा के-के खाने ?

जानौं ध्यानका लागि हात मुद्राहरू
ध्यान गर्दा नियम पालना गरौं
यी चिज खाएर गर्नुहोस् दिनको सुरुवात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले