English

पुटिनको पतन सुरु– बाइडेन



अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसी हमला मस्कोका लागि ‘रणनीतिक रुपमा बिफल’ भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शक्तिमा रहन नसक्ने बताएका छन् । राष्ट्रपति बाइडेनको टिप्पणीको रुसी प्रशासन क्रेमलिनले निन्दा गरेको छ । आफ्ना राष्ट्रपति छान्ने अधिकार आफूहरूलाई मात्र बताएको क्रेमलिनले जनाएको छ ।

युक्रेनलाई समर्थन गर्न विश्वका प्रजातन्त्रहरूलाई एकजुट हुन दबाब दिँदै एउटा ज्वलन्त भाषणमा राष्ट्रपति बाइडेनले पुटिनप्रति संकेत गर्दै भने, ‘भगवानका लागि यो मान्छे शक्तिमा रहन सक्दैन ।’

राष्ट्रपति बाइडेनको भनाईको विरोध गर्दै क्रेमलिनले अमेरिकाका बारेमा टिप्पणी गर्ने अधिकार नभएको रुसले जनाएको छ । ‘त्यसबारे निर्णय गर्ने अधिकार बाइडेनलाई छैन् । रुसका राष्ट्रपतिलाई रुसी जनताले निर्वाचित गर्छन्’ क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले रोयटर्ससँग भने ।

रुसको प्रतिकृयापछि अमेरिकी राष्ट्रपतिको कार्यलय ह्वाइटहाउसका एक अधिकारीले राष्ट्रपति बाइडेनले रुसमा शासन परिवर्तनका लागि आह्वान नगरेको तर त्यसको अर्थ ‘पुटिनलाई आफ्ना छिमेकी वा क्षेत्रमा शक्ति प्रयोगका लागि अनुमति दिन नसकिने’ रहेको बताए ।

रुसी सेनाले पूर्वी सहर खार्किभमा रहेको आणविक अनुसन्धान भट्टीमा गोली चलाएको युक्रेनी संसद्को दाबी छ ।

यो पनि...
रूस–युक्रेन द्वन्द्वको असर : चाउचाउ पनि अभाव
विश्व इतिहासका यी घटना, जसलाई भुल्न सकिँदैन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested