English

एनआरएनएकाे महाधिवेशनमा राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने



गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् ।

शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्का पनि महाधिवेशनको उद्घाटन सत्रमा विशेष अतिथि रहनेछन् ।

सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले सम्बोधन गर्ने छन् । कार्यक्रममा बोल्न पूर्वअध्यक्ष शेष घले र देवमान हिराचनको नामसमेत समावेश गरिएको तर उनीहरूको उपस्थिति भने निश्चित भइसकेको छैन ।

सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले सम्बोधन गर्ने छन् । कार्यक्रममा बोल्न पूर्वअध्यक्ष शेष घले र देवमान हिराचनको नामसमेत समावेश गरिएको तर उनीहरूको उपस्थिति भने निश्चित भइसकेको छैन ।

घलेले छुट्टै सम्मेलनको आयोजना गरेर एउटा समितिको समेत घोषणा गरेका कारण सम्मेलनमा भाग लिने सम्भवना न्यून रहेको बताइन्छ ।

दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् ।

संघको नेतृत्वको लागि भएको विवादलाई अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशाेधन गर्ने तयारी गरिएको छ ।

यो पनि…
एनआरएनए महाधिवेशन पूर्वसन्ध्यामा शेष घलेले डाके भेला

एनआरएनएको दुई समूह अलग–अलग महाधिवेशनको तयारीमा



सम्बन्धित खबरहरु

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

Latest










Popular
Suggested