English

एनआरएनए महाधिवेशन पूर्वसन्ध्यामा शेष घलेले डाके भेला



एनआरएनएको १०औं महाधिवेशनको पूर्वसन्ध्यामा प्रमुख संरक्षक शेष घलेले तयारीलाई तीव्रता दिएका छन् । घलेले महाधिवेशनका विषयमा छलफल गर्न तयारी समितिका संयोजक सोनाम लामाको निवासमा शनिबार बैठक राखेका छन् ।

वर्तमान नेतृत्वले एकपक्षीय ढंगबाट निर्वाचन कार्यक्रम अघि बढाएपछि एनआरएनए विभाजनको संघारमा पुगेको भन्दै घलेले हस्तक्षेप गरी लामाको संयोजकत्वमा समिति बनाएका थिए । सोही समितिमार्फत महाधिवेशन तयारीका गतिविधिबारे जानकारी लिन उनले भेला डाकेका हुन् ।

एनआरएनए पदाधिकारीहरूका अलावा अध्यक्षका आकांक्षी कुल आचार्य, महासचिव आकांक्षी डा.केशव पौडेललगायत सहभागी बैठकमा महाधिवेशनमा कसरी अगाडि जाने भन्ने विषयमा छलफल भएको बताइएको छ ।

एनआरएनए पदाधिकारीहरूका अलावा अध्यक्षका आकांक्षी कुल आचार्य, महासचिव आकांक्षी डा.केशव पौडेललगायत सहभागी बैठकमा महाधिवेशनमा कसरी अगाडि जाने भन्ने विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा प्रमुख संरक्षक घलेले तोकिएकै समयमा राजधानीमा निर्वाचन हुने भन्दै सहभागिता र आवश्यक तयारीका लागि निर्देशन दिएको डा.पौडेलले जानकारी दिए । उनले सबै पक्षलाई महाधिवेशनमा सहभागिताका लागि आग्रह गरेका थिए ।

महाधिवेशनको मिति नजिकिएसँगै राजधानीमा एनआरएनए अगुवाहरु भित्रने क्रम जारी छ । हाल एनआरएनए अध्यक्ष कुमार पन्त तथा पूर्व अध्यक्ष जीवा लामिछानेलगायत पनि राजधानीमै छन् । घलेले सबै पक्षलाई समेट्न अधिकतम प्रयास जारी राखेका छन् । एनआरएनएको चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा १०औं महाधिवेशन हुँदैछ ।

यो पनि
एनआरएनएको दुई समूह अलग–अलग महाधिवेशनको तयारीमा
सामाजिक कार्यअन्तर्गत वी विल राइजको सहयोग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested