English

एनआरएनए महाधिवेशन पूर्वसन्ध्यामा शेष घलेले डाके भेला



एनआरएनएको १०औं महाधिवेशनको पूर्वसन्ध्यामा प्रमुख संरक्षक शेष घलेले तयारीलाई तीव्रता दिएका छन् । घलेले महाधिवेशनका विषयमा छलफल गर्न तयारी समितिका संयोजक सोनाम लामाको निवासमा शनिबार बैठक राखेका छन् ।

वर्तमान नेतृत्वले एकपक्षीय ढंगबाट निर्वाचन कार्यक्रम अघि बढाएपछि एनआरएनए विभाजनको संघारमा पुगेको भन्दै घलेले हस्तक्षेप गरी लामाको संयोजकत्वमा समिति बनाएका थिए । सोही समितिमार्फत महाधिवेशन तयारीका गतिविधिबारे जानकारी लिन उनले भेला डाकेका हुन् ।

एनआरएनए पदाधिकारीहरूका अलावा अध्यक्षका आकांक्षी कुल आचार्य, महासचिव आकांक्षी डा.केशव पौडेललगायत सहभागी बैठकमा महाधिवेशनमा कसरी अगाडि जाने भन्ने विषयमा छलफल भएको बताइएको छ ।

एनआरएनए पदाधिकारीहरूका अलावा अध्यक्षका आकांक्षी कुल आचार्य, महासचिव आकांक्षी डा.केशव पौडेललगायत सहभागी बैठकमा महाधिवेशनमा कसरी अगाडि जाने भन्ने विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा प्रमुख संरक्षक घलेले तोकिएकै समयमा राजधानीमा निर्वाचन हुने भन्दै सहभागिता र आवश्यक तयारीका लागि निर्देशन दिएको डा.पौडेलले जानकारी दिए । उनले सबै पक्षलाई महाधिवेशनमा सहभागिताका लागि आग्रह गरेका थिए ।

महाधिवेशनको मिति नजिकिएसँगै राजधानीमा एनआरएनए अगुवाहरु भित्रने क्रम जारी छ । हाल एनआरएनए अध्यक्ष कुमार पन्त तथा पूर्व अध्यक्ष जीवा लामिछानेलगायत पनि राजधानीमै छन् । घलेले सबै पक्षलाई समेट्न अधिकतम प्रयास जारी राखेका छन् । एनआरएनएको चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा १०औं महाधिवेशन हुँदैछ ।

यो पनि
एनआरएनएको दुई समूह अलग–अलग महाधिवेशनको तयारीमा
सामाजिक कार्यअन्तर्गत वी विल राइजको सहयोग



सम्बन्धित खबरहरु

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

सुदूर पूर्वी प्रवासी नेपाली संघ, हङकङले तेक्वान्दो खेलमा नवौं डान हासिल गर्न सफल तुलसी गुरुङ र हालै सगरमाथा आरोहणमा सफलता

Latest










Popular
Suggested