English

अमेरिकाले युक्रेनलाई यी सामग्री पठाउँदै



अमेरिकाले युक्रेनका लागि पठाउन लागेको नयाँ सहायता सामाग्रीहरूमा २५,००० थान शारीरिक आक्रमण रोक्न बनाइएको सुरक्षा कवच, हेलमेटदेखि राइफल र ग्रिनेडहरू, हजारौँ अन्य ट्याङ्क प्रतिरक्षात्मक अस्त्र र दुई करोड राउन्डभन्दा बढी गोलाबारुदसहितको सैन्य उपकरणहरू समावेश भएको बीबीसीले जनाएको छ ।

अमेरिकाले १०० वटा ‘रणनीतिक मानवरहित हवाई प्रणाली’ वा साना ड्रोन पठाउने योजना बनाएको छ । ती ड्रोनहरू हातैले प्रहार गरिन्छन् र भिर्ने झोलामा अट्ने आकारको हुन्छन् ।

राष्ट्रपति बाइडनले बुधबार घोषणा गरे अनुसार युक्रेनमा अमेरिकी सैन्य सहायताको रकम गत साता मात्रै एक अर्ब अमेरिकी डलर रहेको थियो । बीबीसीको भनाइमा उक्त रकम सन् २०१४ देखि २०२२ को सुरुवातसम्म गरिएको सहायता रकम दुई अर्ब ७० करोडको तुलनामा अत्यधिक धेरै हो ।

युक्रेनको राजधानी किएभस्थित पूर्वअमेरिकी राजदूत जोन हर्बस्टका अनुसार यो एक ‘महत्त्वपूर्ण प्रगति’ हो र यसले विगतका कमीकमजोरीहरूलाई सम्बोधन गर्छ ।

‘यहाँ राष्ट्रपति बाइडन र उनको समूहले युक्रेनलाई सहायता प्रदान गर्न नचाहेकोबारे कुनै संशय छैन,’ हर्बस्टले भने, ‘उनीहरूले सैन्य सहायता, सहयोगको दबावको राम्रोसँग सामना गरेका छन् ।’

यो पनि…
युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको रूसको दाबी
रूसी पर्वतारोहीमाथि प्रतिबन्धन लगाउन नेपाललाई युक्रेनको अनुरोध
रूसले अब कस्तो हतियार प्रयोग गर्न सक्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested