English

पश्चिमा देशहरूले युक्रेनलाई थप सहयोग गर्ने



पश्चिमा देशहरूको सैन्य गठबन्धन नेटो, युरोपेली सङ्घ ईयू, सम्पन्न देशहरूको समूह जी सेभेनको शिखर सम्मेलनहरूमा पश्चिमा नेताहरूले रूसविरुद्ध एकता प्रदर्शन गरेका छन् ।

बीबीसीका अनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विनाकारण आक्रमण गरेको भन्दै उनीहरूले युक्रेनलाई थप सैन्य सामग्री उपलब्ध गराउने सहमति गरेका छन् ।

युक्रेनमा रूसले अतिक्रमण गरेको ठीक एक महिना पछाडि डाकिएको नेटो, ईयू र जी सेभेन सम्मेलनमा पश्चिमा देशहरूले रूसी राष्ट्रपति पुटिनविरुद्ध ऐक्यबद्धता प्रदर्शन गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडन र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले रूसले विनाकारण गरेको अनुचित युद्धका सामु उनीहरू एकताबद्ध भएको बताए ।

ब्रसल्समा ती सम्मेलनहरूमा ३० जनाभन्दा बढी विश्व नेताहरू सहभागी भएका थिए । उनीहरूले रूसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने र पूर्वी युरोपका चार नेटो सदस्य देशमा थप फौज परिचालन गर्न सहमति जनाए । साथै युक्रेनलाई थप अस्त्र उपलब्ध गराउन पनि उनीहरू सहमत भए ।

ब्रिटेनले युक्रेनलाई दिने क्षेप्यास्त्रको सङ्ख्या दोबरले बढाउने बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै थप मद्दतका निम्ति आह्वान गरेका थिए । उनले ट्याङ्कहरू एवम् लडाकू विमान माग गरे ।
यो पनि…
रूसी पर्वतारोहीमाथि प्रतिबन्धन लगाउन नेपाललाई युक्रेनको अनुरोध
रूसले अब कस्तो हतियार प्रयोग गर्न सक्छ ?
रूस–युक्रेन द्वन्द्वको असर : चाउचाउ पनि अभाव
विश्व इतिहासका यी घटना, जसलाई भुल्न सकिँदैन
रूस–युक्रेन द्वन्द्व : वार्ता विफल भए के हुन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

Latest










Popular
Suggested