English

रूस–युक्रेन द्वन्द्व : वार्ता विफल भए के हुन्छ ?



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी अतिक्रमण अन्त्य गराउने वार्ता विफल हुनुको अर्थ ‘तेस्रो विश्वयुद्ध’ हुने बताएका छन् । सीएनएन टेलिभिजनसँग आइतबार कुरा गर्दै जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष कुरा गर्न आफू तयार रहेको जनाए ।

जारी लडाइँ अन्त्य गर्ने एउटै बाटो भनेको वार्ताहरू भएको कुरामा आफ्नो विश्वास रहेको पनि उनले उल्लेख गरे । ‘मलाई लाग्छ सहमति गर्ने सम्भावना पहिल्याउनका निम्ति जुनसुकै स्वरूप, अवसरको सदुपयोग गर्नुपर्छ,’ जेलेन्स्कीले भने ।

बीबीसीका अनुसार यद्यपि रूससमर्थित पृथक्तावादीको पकडमा रहेका क्षेत्रहरूलाई युक्रेनले स्वतन्त्र भएको मान्यता दिनुपर्ने कुनै सम्झौतामा सहमति जनाउन नसक्ने उनले स्पष्ट पारे ।

जेलेन्स्कीका अनुसार युक्रेन उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्य भएको भए युद्ध सुरु हुने थिएन । ‘नेटोका सदस्य राष्ट्रहरू हामीलाई आफ्नो गठबन्धनमा हेर्न तयार छन् भने त्यो तत्काल गर्नुपर्‍यो । किनकि हरेक दिन मानिसहरू मरिरहेका छन्,’ जेलेन्स्कीले भने ।

यो पनि…
रूसद्वारा युक्रेनी सेनाको ब्यारेकमा हमला
वार्ताबारे जेलेन्स्कीले पुटिनलाई के भने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested