English

वार्ताबारे जेलेन्स्कीले पुटिनलाई के भने ?



रूसले विभिन्न शहरमा आक्रमण जारी राख्दा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘अविलम्ब’ वार्ताका लागि अघि सर्न आह्वान गरेका छन् ।

बीबीसीका अनुसार शान्ति सम्झौताका लागि युक्रेन तयार पनि अन्य देशहरूसँग रूसमाथि प्रतिबन्धहरूको माग गर्दै आएका छन् ।

उनले पछिल्लो पटक स्वीट्जरल्यान्डसँग रूसी कुलीन वर्गलाई कारबाही गर्न र त्यहाँ रहेको ब्याङ्कहरूमा रहेको उनीहरूको सम्पत्ति रोक्का गर्न आग्रह गरे । उनले भिडिओ सन्देशमार्फत आफ्नो माग राखेका हुन् ।

युक्रेनले चीनलाई रूसको आक्रामकताविरुद्ध अडान लिन समेत आह्वान गरेको छ । तर एक वरिष्ठ चिनियाँ अधिकारीले भने पश्चिमी राष्ट्रहरूले रूसमाथि लगाएको प्रतिबन्ध निकै ‘अपमानजनक’ भएको बताएका छन् ।

युरोपेली सङ्घ, अमेरिका र बेलायतलगायत देशले रूसबाट तेललगायत सामाग्री र विभिन्न वित्तीय गतिविधिमा रोक लगाएको छ ।

यसैबीच पुटिनले युक्रेनले जर्मन चान्सलर ओलाफ शोल्जसँगको फोन सम्पर्कमा ‘अवास्तविक प्रस्तावहरू’ राखेर शान्ति वार्तालाई रोक्न खोजेको आरोप लगाएका छन् ।
यो पनि…
रूसद्वारा युक्रेनी सेनाको ब्यारेकमा हमला



सम्बन्धित खबरहरु

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

भारतमा भएको एमएफएन म्याट्रिक्स फाइट नाइट १७ को उपाधी नेपालका रवीन्द्र ढाटले भारतीय फाइटर चुंगरेंग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप

Latest










Popular
Suggested