English

वार्ताबारे जेलेन्स्कीले पुटिनलाई के भने ?



रूसले विभिन्न शहरमा आक्रमण जारी राख्दा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘अविलम्ब’ वार्ताका लागि अघि सर्न आह्वान गरेका छन् ।

बीबीसीका अनुसार शान्ति सम्झौताका लागि युक्रेन तयार पनि अन्य देशहरूसँग रूसमाथि प्रतिबन्धहरूको माग गर्दै आएका छन् ।

उनले पछिल्लो पटक स्वीट्जरल्यान्डसँग रूसी कुलीन वर्गलाई कारबाही गर्न र त्यहाँ रहेको ब्याङ्कहरूमा रहेको उनीहरूको सम्पत्ति रोक्का गर्न आग्रह गरे । उनले भिडिओ सन्देशमार्फत आफ्नो माग राखेका हुन् ।

युक्रेनले चीनलाई रूसको आक्रामकताविरुद्ध अडान लिन समेत आह्वान गरेको छ । तर एक वरिष्ठ चिनियाँ अधिकारीले भने पश्चिमी राष्ट्रहरूले रूसमाथि लगाएको प्रतिबन्ध निकै ‘अपमानजनक’ भएको बताएका छन् ।

युरोपेली सङ्घ, अमेरिका र बेलायतलगायत देशले रूसबाट तेललगायत सामाग्री र विभिन्न वित्तीय गतिविधिमा रोक लगाएको छ ।

यसैबीच पुटिनले युक्रेनले जर्मन चान्सलर ओलाफ शोल्जसँगको फोन सम्पर्कमा ‘अवास्तविक प्रस्तावहरू’ राखेर शान्ति वार्तालाई रोक्न खोजेको आरोप लगाएका छन् ।
यो पनि…
रूसद्वारा युक्रेनी सेनाको ब्यारेकमा हमला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested