English

पीएनजीलाई नेपालले दियो २७९ रनको लक्ष्य



नेपालका युवा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीको शतकीय पारीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पीएनजीलाई २७९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्यटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनायो ।

नेपालका लागि दिपेन्द्रले १०५ रनको शतकीय पारी खेले । १४० बल खेलेका उनले ७ चौका प्रहार गरे । दिपेन्द्र ४८ औं ओभरको पहिलो बलमा आउट भए । उनलाई नोरमान भानुवाले क्याच आउट भए ।

नेपालका लागि देव खनालले एक दिवसीयमा पहिलो अर्धशतक प्रहार गरे । ८६ बल खेलेका उनले ४ चौका र ३ छक्काको सहयोगमा ७२ रन बनाए । देव ३१ औं ओभरको दोस्रो बलमा क्याच आउट भए । उनलाई पीएनजीका कार्लेश एमिनीले क्याच आउट गराए ।

नेपालका लागि दिपेन्द्र र देव खनालले कीर्तिमानी साझेदारी गरे । तेस्रो विकेटका लागि उनीहरुले १२९ रनको साझेदारी गरे । नेपालका लागि १२९ रनको साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्मकै सर्वाधिक साझेदारी हो । यसअघि शुक्रबार भएको खेलमा आरिफ शेख र रोहित कुमार पौड्यलले १०४ रनको साझेदारी गरेका थिए ।

नेपालका कप्तान सन्दीप लामिछानेले २४ रन बनाए । नेपालले ४८ औं ओभरको दोस्रो बलमा आफ्नो छैटौं विकेट गुमायो । नेपालका भिम सार्की २६ रन बनाएर आउट भए । सोही ओभरको अन्तिम बलमा नेपालले आफ्नो सातौं विकेट गुमायो । नेपालका आरिफ शेख ४ रन बनाएर रन आउट भए ।

४९ औं ओभरको पहिलो बलमा नेपालले आफ्नो आठौं विकेट गुमायो । नेपालका पवन सरार्फ खाता नखोली पेवेलियन फर्किए । यसअघि नेपालले ४० ओभरको चौथो बलमा आफ्नो चौथो विकेट गुमायो । नेपालका रोहित कुमार पौड्याल ३५ रन बनाएर पेवेलियन फर्किए । उनलाई काड सोपरले बोल्ड आउट गराए ।

नेपालले पहिलो ओभरको पहिलो बलमा पहिलो विकेट गुमाएको थियो । नेपालका कुशल भुर्तेल रोयल डक भएका हुन् । उनलाई अलेइ नोवाले क्याच आउट गराएका हुन् ।

नेपालले तेस्रो ओभरको पहिलो बलमा दोस्रो विकेट गुमायो । नेपालका अनिल शाह उनलाई नोवाले क्याच आउट गराए । शाहले मात्र १ रन बनाए ।

यो पनि
पिएनजीविरूद्ध दीपेन्द्रको अर्धशतक
एकदिवसीय र टी-ट्वान्टीका लागि टिममा को–को परे ?




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested