English

पिएनजीविरूद्ध दीपेन्द्रको अर्धशतक



नेपालका दीपेन्द्र सिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा अर्धशतक प्रहार गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ८४ बल बल खेलेका उनले ३ चौका प्रहार गरे । यसअघि नेपालका लागि देव खनालले एकदिवसीयमा पहिलो अर्धशतक प्रहार गरेका थिए । ७२ बल खेलेका उनले २ चौका र ३ छक्काको सहयोगमा ५२ रन बनाए ।

२८ ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाएर १२५ रन बनाएको छ । नेपालले पहिलो ओभरको पहिलो बलमा पहिलो विकेट गुमाएको थियो । नेपालका कुशल भुर्तेल रोयल डक भएका हुन् । उनलाई अलेइ नोवाले क्याच आउट गराएका हुन् ।

नेपालले तेस्रो ओभारको पहिलो बलमा दोस्रो विकेट गुमायो । नेपालका अनिल शाहलाई नोवाले क्याच आउट गराउँदा शाहले मात्र १ रन बनाए ।

यो पनि
युवा ब्याटर रोहितको कीर्तिमान
एकदिवसीय र टी-ट्वान्टीका लागि टिममा को–को परे ?



सम्बन्धित खबरहरु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested