English

यात्रा सुखद् बनाउने उपाय



भनिन्छ नराम्रो समय सुनाएर आउँदैन । दुर्घटना जुनसुकै बेला र जहाँ पनि हुन सक्छ । यदि तपाईं यात्रामा जाने योजनामा हुनुहुन्छ भने वास्तुशास्त्रका केही उपाय अबलम्वन गर्नुहोस् ।

यी उपाय पालना गर्दा तपाईंको यात्रा रमाइलो र कुनै पनि अप्रिय घटनाबाट बच्न सकिन्छ । आउनुहोस् यी उपायहरूको बारेमा जान्नुहोस् ।

गायत्री मन्त्र जप गरेर आफ्नो यात्रा सुरु गर्नुहोस् । यात्रामा जाँदा मौसम वा प्रकृतिसँग सम्बन्धित कुनै कुराको बारेमा अपमानजनक शब्दहरू कहिल्यै नबोल्नुहोस् ।

यात्रामा निस्कनुअघि झपक्क गहना लगाएकी सुन्दरी महिला देखिए वा गाईले बाछोलाई खुवाउँदै गरेको देखिए त्यसलाई शुभ मानिन्छ ।

यात्रामा जाँदा घरमा भगवान् गणेशलाई दर्शन गर्नुहोस् र सुखद् यात्राको कामना गर्नुहोस् । यात्रा सुरु गर्नुअघि आफ्नो कुल द्यौतालाई याद गर्नुहोस् ।

तोरीको तेलमा दियो बाल्नुहोस् । यसो गर्दा वातावरणमा सकारात्मकता आउँछ । घरबाट बाहिर निस्कनुअघि ऐनामा हेर्नुहोस् र दही खाएपछि बाहिर निस्कनुहोस् ।

यात्रामा जहाँ बसिरहनुभएको छ उत्तर दिशातर्फ फर्केर नसुत्नुहोस् । यदि तपाईं धार्मिक यात्रामा जाँदै हुनुहुन्छ भने यात्रा गर्नुअघि हनुमान मन्दिरमा पैसा, फलफूल, फूलमध्ये एक चढाउनुहोस् ।

यो पनि….
आम मानिसको पहुँचमा छैन स्वास्थ्य सेवा
मस्तिष्क मृत्युपछि हुने अंगदानलाई कसरी प्रवर्द्वन गर्ने ?
यस्ता हुन्छन् मृगौला बिग्रने कारण र लक्षण, कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested