English

यस्ता हुन्छन् मृगौला बिग्रने कारण र लक्षण, कसरी बच्ने ?



मृगौला शरीरको अत्यन्तै महत्वपूर्ण अंग हो । यसले रगतमा भएको फोहोर र बढी भएको पानीलाई पिसाबको माध्यमबाट बिसर्जन गराई सफा गर्दछ । तर, धेरै मानिसहरु मृगौला रोगका कारण पीडित छन् । आखिर मृगौला बिग्रने करणहरु के– के हुन् ? यसका लक्षण कस्ता हुन्छन् ? यसबाट कसरी बच्ने भन्ने बारेमा मृगौला प्रत्यारोपण सर्जन डा. पुकार चन्द्र श्रेष्ठको सुझाव यस्तो छ ः

कारण:

– उच्च रक्तचाप
– मधुमेह
– मिर्गौलामा हुने नेफ्राइटिस
– मिर्गौलामा संक्रमण
– मिर्गौलामा पत्थरी
– प्रोस्टेटको समस्या भएर पिसाब रोकिने समस्या
– जथाभावी रुपमा औषधिको सेवन

लक्षणः

– पिसाब धमिलो हुने
– धेरै पटक वाकवाक लाग्ने
– रिङ्गटा लाग्ने
– झाडापखाला लागिरहने
– हातखुट्टा सुन्निने ।
– अन्य रोग लाग्दा औषधि सेवन गर्दा पनि लामो समयसम्म निको नहुने
– कोखा दुख्ने,
– शरीर चिलाउने

बच्ने उपाय:

– कुनैबेला मृगौलाले ९० प्रतिशत काम नगरेपछि मात्र थाहा हुने भएकाले बेलैमा सचेत हुनु पर्छ ।
– स्वस्थ व्यक्तिले पनि वर्षको एक पटक स्वास्थ परीक्षण गराउने ।
– मधुमेह वा उच्च रक्तचाप नियन्त्रणमा राख्ने ।
– प्रशस्त सफा पानी पिउने ।
– जथाभावी औषधि सेवन नगर्ने ।
– पोषणयुक्त आहार खाने ।
– नियमित व्यायाम गर्ने ।
– नुन कम खाने ।
– धुम्रपान तथा मद्यपान नगर्ने
– झालिलो पदार्थको अत्याधिक खाने
– पिसाबलाई लामो समय नरोक्ने
– मोेटोपना घटाउने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested