English

मस्तिष्क मृत्युपछि हुने अंगदानलाई कसरी प्रवर्द्वन गर्ने ?

शहीद धर्मभक्त अस्पताललाई अंगदानको सम्पूर्ण जिम्मा दिनु सरकारी निकम्मापन


संसारमा धेरै पहिलादेखि हुँदै आएको अंगदान मस्तिष्क मृत्युपछि हुने अंगदान हो । मुटु, आन्द्रा र प्यानक्रियाज जस्ता अंगहरु केबल मस्तिष्क मृत्युपछि मात्र दान गर्न मिल्छ । नेपालमा मस्तिष्क मृत्युपछि हुने अंगदान सुरु भइसके पनि त्यो अत्यन्तै न्यून छ ।

मस्तिष्क मृत्युपछि हुने अंगदानलाई के कस्ता पक्षले प्रभाव पारिरहेका छन् त ?
१.आर्थिक अवस्था
२. धर्म/संस्कृति
३. अंगदान प्रणाली

आर्थिक अवस्था
राज्य धनी भएर मात्र मस्तिष्क मृत्युपछिको अंगदान प्रक्रिया अघि बढ्ने होइन । विश्वका थुप्रै सम्पन्न राष्ट्रहरुमा पनि अंगदानको दर निकै कम छ । युरोेप, अमेरिकाका धनी राष्ट्रहरुमा पनि मृत्युपश्चात हुने अंगदान कम पाइन्छ । जस्तै जर्मनी र बेलायत जस्ता देशमा पनि मृत्युपछि हुने अंगदानको दर सन्तोषजनक छैन् । यद्यपि, यी राष्ट्रहरुले अंगदानलाई बढाउन विभिन्न कदमहरु चालिरहेका छन् ।

धर्म/संस्कृति
मस्तिष्क मृत्युपछि अंगदान गर्दा धर्मले कुनै असर गर्दैन । केही इसाई धर्म मान्ने राष्ट्रहरुमा अंगदान गर्नेको संख्या निकै राम्रो र कुनैमा निकै कम छ । युरोपियन राष्ट्रहरुमा यस्ता खाले अंगदान गर्नेहरुको संख्या वृद्धि गर्नका लागि विभिन्न प्रयास भइरहेका छन् । तर, इरान जस्तो मुस्लिम बाहुल्यता भएको देश जापान र कोरियाजस्ता देशहरुलाई पनि उछिनेर एसियामै उत्कृष्ट बनेको छ । जहाँ मस्तिष्क मृत्युपछि हुने अंगदानको संख्या बढी छ ।

अंगदानको प्रणाली
मस्तिष्क मृत्युपछि हुने अंगदान २ प्रकारको प्रणालीबाट हुन्छ । एउटा अप्ट आउट (Opt Out) र अर्को अप्ट इन (Opt In) । अप्ट आउटमा हरेक नागारिकलाई डोनर मानिन्छ, यदि उसले आफू जीवित रहँदै अंगदान नगर्ने घोषणा गरेको छैन भने । अप्ट इन प्रणालीमा भने व्यक्तिले जीवितै अंगदान गर्ने घोषणा गरेको हुनुपर्छ । अप्ट आउट भएका देशहरुमा सम्भावित अंगदाता धेरै हुन्छन् भने अप्ट इन प्रणाली भएका देशमा थोरै । तर, सम्भावित दातालाई वास्तविक डाटामा बदल्नका लागि कानून मात्र बनाएर हुँदैन् । अप्ट इन भएको देश अमेरिकामा अंगदानको दर प्रति दस लाखमा ४० छ । यस्तै, ९५ प्रतिशत भन्दा धेरै सम्भावित अंगदाता भएको स्वीडेन र बेल्जियममा भने अंगदानको दर यो भन्दा निकै कम छ । अप्ट आउटमा अझै कडा किसिमको नियम सिंगापुरमा छ । जहाँ परिवारले स्वीकृति नदिएपनि अंगदाताको अंग निकाल्न सकिन्छ । तर, त्यहाँ वास्तविक अंगदान निकै कम छ । यसबाट के थाहा हुन्छ भने यी सबै कुरामा अंगदानको दर निर्भर गर्दैन । मस्तिष्क मृत्युपछि हुने अंगदानमा स्पेन संसारमै उत्कृष्ट छ । स्पेनिस अनुभवले जनशक्ति, पारदर्शीता, निष्पक्षता जस्ता कुराहरु निकै महत्वपूर्ण रहेको पुष्टि गर्छ ।

जनशक्ति
जति धेरै जनशक्ति उत्पादन हुन्छ त्यति धेरै अंगदानको सम्भावना रहन्छ । स्पेनले १० वर्षमा ६० हजार भन्दा धेरै जनशक्ति उत्पादन गरेको छ । तालिम प्राप्त डाक्टर, नर्स र ट्रान्सपलान्ट कोअर्डिनेटर जति धेरै हुन्छन् त्यति धेरै अंगदान हुन्छ । त्यही संख्यामा अंगप्रत्यारोपण गरी धेरैको जीवन बचाउन सकिन्छ ।

पारदर्शिता
अंगदान प्रक्रिया पारदर्शी हुनुपर्छ । नेपाल जस्तो देशमा एक–दुई जना प्रभावशाली व्यक्तिको निर्देशनमा काम गरेर नियम र कानूनलाई मिचियो भने अंगदान कम हुन्छ ।

निष्पक्षता
अंगदान प्रक्रियामा निष्पक्षता हुनु जरुरी छ । अंग ग्रहणकर्ताहरुको सूची राख्ने काम एउटा निष्पक्ष संस्थाले गर्नुपर्छ । ठूलो संस्थाहरुको खिचातानीले यो कार्य राम्रो हुन सक्दैन । भक्तपुरको शहीद धर्मभक्त अस्पताललाई अंगदानको सम्पूर्ण जिम्मा दिनु सरकारी निकम्मापन हो । प्रत्यारोपण गर्ने अस्पताललाई यो अंगदाताको अंग कुन बिरामीले पाउने भन्ने जिम्मा दिनु अंग प्रत्यारोपणको आधारभूत सिद्धान्तविपरित हो ।

चिकित्सक प्रवीन जोशीद्धारा लिखित अन्य सामाग्री
नेपालमा अंगदान र चुनौती
यस्तो छ अंगदानको कानूनी प्रकिया
अंगदानलाई नागरिकको पहुँचमा पुर्याउन सरकारलाई सुझाव



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested