मानव रगतबाट बनेको ‘शैतान जुत्ता’, १ मिनेटमै ६ सय ६६ वटा बिक्री



तपाईं हामी सबैले जुत्ता छाला, कपडा आदिबाट बनेको लगाउने गरेका छौं । तर मानव रगत मिश्रण गरेर बनाएको जुत्ताबारे तपाईंले सुन्नु भएको छैन होला । एमएससीएचएफ नामक जुत्ता कम्पनीले मानव रगत मिश्रण गरेर बनाएको जुत्ताको नाम ‘शैतान जुत्ता’ दिइएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

समाचारका अनुसार यस जुत्तालाई बेच्न र्‍यापर लिल एक्सले सहकार्य गरेका थिए । उनको सहकार्यमा १ मिनेटमा ६ सय ६६ वटा जुत्ता बिक्री भएको थियो ।

यो जुत्ता अत्याधिक बिक्री भएपछि नाइके कम्पनीको एयर मेक्स ९७ एस मोडेलको जुत्तालाई परिमार्जन गरी ‘शैतान जुत्ता’ नाम दिएर बिक्री गरेको दाबी गरेको जनाएको छ । नाइकेले आफ्नो मोडल परिमार्जन गरी बिक्री गर्दा अनुमति नलिएको आरोप लगाउँदै एमएससीएचएफमाथि मुद्धा दायर गरेको छ । मुद्धा दायर भएपछि र्यापर एक्सले नाइके कम्पनीसंग माफी माग्दै आफ्नो बचाउ गरेको जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जमिनमा नै घर बनाएको देख्नु भएको छ, तर एउटा यस्तो ठाउँ छ जहाँ जमिनमुनि घर बनाएर बस्छन् । यी घरहरू

जो कोही सधैँ जवान र सुन्दर रहन चाहन्छन्। तर यो गाह्रो मात्र होइन असम्भव पनि छ। आज हामी तपाईँलाई एउटा

कहिलेकाहीँ आकाशमा अद्भुत र अनौठो खगोलीय घटनाहरू देखिएका छन्। केही दिनअघि आकाशमा चन्द्रमासँगै शुक्र ग्रह पनि देखिएको थियो । यो

आजको युगमा मानिस मोबाइल बिना एक घण्टा पनि बाँच्न सक्दैन । तर यस्तो अवस्थामा बिजुली, ग्यास र मोबाइलबिना पहाडमा बस्न