English

अदालतमा पलको बयान सकियो



नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत तनहुँले नायक पल शाहको बयान लिएको छ । मंगलबार जिल्ला अदालत तनहुँले उनको बयान लिएको हो ।

पलको बयान लिएर सकिएको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णु तिम्लिसिनाले बताए । उनका अनुसार दिउँसो करिब ३ बजेदेखि साढे ५ बजेसम्म पलको बयान लिइएको थियो ।

उनका म्यानेजर कृष्णप्रसाद जोशीको बुधबार १० बजेपछि बयान लिने उनले बताए । ‘पल शाहको बयान सकियो । म्यानेजरको बयान लिन बाँकी छ । भोलि सुरुमै बयान लिन्छौं’, उनले भने ।

प्रहरी हिरासतमा रहेका नायक शाहविरुद्ध मंगलबार नै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको थियो । सोमबार तनहुँ प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

जोशीको बयान सकिएपछि जाहेरवाला र प्रतिवादी पक्षका कानुन व्यवसायीबिच बहस चल्नेछ । दुवै पक्षका आधा दर्जन कानुन व्यवसायीले बहस गर्ने बुझिएको छ । यो संख्या थपघट हुनसमेत सक्नेछ ।

दुई पक्षको बहस सुनेर मिसिलमा संग्लन प्रमाणको आधारमा जिल्ला अदालत तनहुँले थुनछेकको आदेश जारी गर्नेछ । प्रमाण पुगेको खण्डमा पुर्पक्षका लागि शाह र जोशीलाई थुनामा पठाइन्छ । प्रमाण पुगेन भने धरौटीमा रिहा हुनेछन् ।

१२देखि १४ वर्षको कैद सजाय माग गर्दै पलविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएको हो । उनका म्यानेजर जोशी मतियार भएकाले आधा सजायको माग गरिएको छ ।

११ फागुनमा एक गायिकाको अभिभावकले जिल्ला प्रहरी कार्यालय तनहुँमा आएर जबरजस्ती करणी गरेको भन्दै उजुरी दर्ता गराएका थिए । पलले अन्तिम पटक तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा जबरजस्ती बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

बालिकाको अभिभावकले उजुरी दिएपछि १५ फागुनमा पल आफैं जिल्ला प्रहरी कार्यालय तनहुँमा आएर अत्मासमर्पण गरेका थिए । सोही दिन उनलाई जिल्ला अदालत तनहुँले अनुसन्धानका लागि सात दिनको दिएको थियो । त्यसपछि १२ दिनको म्याद थपिएकोमा बिहीबार सकिएको थियो । बिहीबार फागु पूर्णिमाको बिदा परेकाले शुक्रबार अदालतले पाँच दिनको म्याद थपेको थियो ।

उनका म्यानेजर जोशीलाई पनि २७ फागुनमा दमौलीबाट लिएर अनुसन्धान गरिएको थियो । पल नवलपुर प्रहरीमा पनि उजुरी परेको थियो । २३ फागुनमा उनलाई तनहुँ प्रहरीले नवलपुर प्रहरी समक्ष अनुसन्धानका लागि बुझाएको थियो । १ चैतमा नवलपुरबाट तनहुँ ल्याएर प्रहरीले थप अनुसन्धान गर्‍यो ।

नवलपुर जिल्ला अदालतमा गत बिहीबार पलविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले पलविरुद्ध अभियोगपत्र दायर गरेको हो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गर्दै अभियोग पत्र दायर भएको हो ।

यो पनि…
पीडित बालिकाको बयान : विवाह गर्छु भन्दै पलले जबरजस्ती करणी गरे

पल शाहविरुद्ध तनहुँमा बलात्कार मुद्दा दर्ता, १२ देखि १४ वर्ष कैद सजाय माग
पल-समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
पलविरुद्ध समिक्षाका बाबुले गैंडाकोटमा दिए अर्को जाहेरी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested