English

एथलेटिक्स टोली भारत प्रस्थान



दक्षिण एसियाली क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज मंगलबार भारतको नागाल्यान्ड प्रस्थान गरेको छ ।

१२ चैतमा हुने प्रतियोगितामा नेपालबाट सिनियरमा ३–३ तथा जुनियरमा ३–३ पुरुष/महिला गरी १२ खेलाडी सहभागी हुने छन् । सिनियरको पुरुषमा मुकेशबहादुर पाल, सन्तोषनाथ योगी र सन्तोषविक्रम विष्ट तथा महिलामा राजपुरा पछाईं, फुलमति राना र बन्दना बुढा रहेका छन् ।

उनीहरुले १० किलोमिटर दूरीमा व्यक्तिगत र टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । जुनियरको पुरुषमा बादल कार्की, अतुल गोरिया र दीपेन्द्र बोहरा तथा महिलामा समिता बुढा, राममाया कार्की र विमला कार्की छन् । खेलाडीले टिम र व्यक्तिगत स्पर्धामा खेल्ने छन् ।

पुरुषको ८ किलोमिटर र महिलाको ६ किलोमिटर दूरीमा खेल हुने छ । अफिसियलमा नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट र प्रशिक्षकमा कान्ती यादव छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव कुलबहादुरले सोमबार नै एक कार्यक्रमबीच बिदाइ गरिसकेका छन् ।

यो पनि…
यु–१८ महिला साफ : नेपालको लगातार तेस्रो हार

रियलको मैदानमा बार्सिलोनाको सानदार जित
सिटी, लिभरपुल र क्रिस्टल प्यालेस सेमिफाइनलमा
पीएसजीको पोस्टमा मोनाकोको तीन गोल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested