English

गर्मीमा यसरी पाउनुहोस् सुन्दर लुक्स



अहिले गर्मीको सिजन चलिरहेको छ । आफ्नो दराजमा भएका जाडोका कपडाहरूलाई बदल्ने समय आएको छ । यस्तो अवस्थामा मनमा प्रश्न उठ्न सक्छ कि गर्मीमा कस्तो पहिरनको छनोट गर्न सकिन्छ ? कुन प्रकारको रङहरू छनोट गर्ने ? र कसरी आफ्नो लगाउने शैलीलाई अपग्रेड गर्ने ? त्यसैले आज हामी तपाईलाई आफू कसरी कुल र स्टाइलिस देखिन सकिन्छ भनेर बताउँछौ । 

हल्का रङका लुगा

हल्का र सेतो रङका लुगाहरू छनोट गर्नुहोस् । यसले सूर्यको किरणलाई अवशोषित गर्छ । यदि तपाईलाई सेतो रङ मन पर्दैन भने अन्य रङ्गहरूको छनोट गर्न पनि सक्नुहुन्छ ।

टाइट लुगा बाट टाढा रहनुहोस्

गर्मीमा शीतल रहनका लागि खुल्ला कपडाहरू राम्रो हुन्छ । क्रप गरिएको,चौडा खुट्टाको प्यान्ट ,लुज सर्ट ,ठुला आकारको टप र सकर्टहरुको छनोट गर्न सक्नुहुन्छ । स्ट्रेच जिन्स वा स्किनी जिन्स लगाउनुहुन्छ भने यो गर्मीको लागि धेरै तातो हुन सुक्छ । त्यसैले यो समयमा लिनेनको प्यान्ट छनोट गर्नुहोस् ।

पोसाकको छनोट

लामो नेकलेस वा चुरा जस्ता सामान छालामा टाँसिने गर्छ जसले गर्दा दागहरू निम्त्याउन सक्छ । चाडपर्वका लागि मात्र नभएर गर्मीको समयमा पनि आरामदायक र फेसनयबल देखिन लामो स्कर्ट, स्लिभलेस म्याक्सी जस्ता कपडाको छनोट गर्न सक्नुहुन्छ । यस सँग स्यान्डिल लगाउनुहोस् । जसले स्टाइलिस लुक्स दिनेछ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको