English

स्टाइलिस देखिन यसो गर्नुहोस्



पुरुषभन्दा महिला फेसनमा बढि चुजी हुन्छन् । त्यसैले महिलाका फेसन आइटम हप्ता–हप्तामा बदलिन्छ । गर्मीको यो मौसममा छोटा, हल्का, खुकुला र पातला कपडा महिलाहरुको छनोटमा पर्छन । कपडा छनोट गर्दा यी कुरामा विशेष ध्यान दिनुपर्छ ।

–उज्यालो रङका कपडा छान्नुहोस । सेतो, गुलाबी, निलो, सुन्तलाजस्ता रङ रोज्नु राम्रो हुन्छ । साथै विभिन्न रङको फुलबुट्टामा प्रिन्ट गरिएका पहिरन पनि छनोट गर्न सक्नुहुन्छ ।
– ड्रेसअपअनुसार जुत्ता–स्यान्डल म्याच गराउनु आवश्यक हुन्छ । ओपन हिल्स वा स्यान्डलहरू लगाउँदा राम्रो हुन्छ ।
–बुनेका विभिन्न खाले कपडा पनि बजारमा पाइन्छन । कटन, सिल्क र रेबन बाट बनेका कपडा रोज्नु उत्तम हुन्छ । यी कपडा हल्का हुने भएकाले शरीरमा सहज महसुस गराउँछ ।
–वान पिस गर्मीका लागि राम्रो ड्रेसअप हो । यसले शीतलता पनि दिन्छ । वान पिसमा केही फेसनेबल र एक्स्ट्रा देखिन चाहनुहुन्छ भने फरक डिजाइनको वान पिस लगाउनुहोस ।
–गर्मीमा सजिलो र धेरै महिलाले रुचाउने भनेको जिन्स पाइन्ट हो । बजारमा विभिन्न किसिमका जिन्स पाइन्ट आएका छन् । ब्वायफ्रेन्ड जिन्स, स्किनी जिन्स, डेनिम जिन्स, सर्टस रोज्न सक्नुहुन्छ ।
–अफ सोल्जरर्स टप्स अहिले फेसनमा चलेको टप्स हो । ड्रेसअपमा म्याच गर्न डेकोरेटिभ ब्याग, वर्ड प्रिन्ट, बकेट ब्याग छान्न सक्नुहुन्छ । यो लगाउँदा तपाईं थप आकर्षक देखिनुहुन्छ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested