English

अमेरिकाको राष्ट्रपति भवनलाई किन भनिन्छ ह्वाईट हाउस ?



नेपालमा राष्ट्रपति भवनलाई शीतलनिवासको नामले जानिन्छ । यसैगरि संसारका लगभग सबै देशमा राष्ट्रपति बस्नको लागि एक आधिकारिक आवास बनाइएको छ । यस्तै अमेरिकाको राष्ट्रपति भवनको नाम ह्वाईट हाउस रहेको छ । तर यसको नाम पहिल्यैबाट भने ह्वाइट हाउस थिएन । जब यसको निर्माण भएको थियो, तब यसको नाम प्रेसिडेण्ट्स प्यालेस वा प्रेसिडेण्ट म्याशन थियो । तर यस्तो के कारण थियो कि, यसको नाम ह्वाइट हाउस राखियो ? यसको पछाडि ११८ वर्ष पुरानो इतिहास लुकेको छ ।

पहले का व्हाइट हाउस

ह्वाइट हाउस मात्र अमेरिकी राष्ट्रपतिको निवास स्थान मात्रै नभएर यो अमेरिकाको ऐतिहासिक विरासतको एक उत्कृष्ट नमूना पनि हो । ह्वाइट हाउसमा हरेक ती सुविधा रहेका छन्, जो कुनै पनि शक्तिशाली देशसँग हुनुपर्ने अपेक्षा राखिन्छ । यो भित्र एक बंकर पनि रहेको छ । जो कुनै पनि ठूला समस्याका बेला अमेरिकी राष्ट्रपति र उनको परिवारलाई सुरक्षित राख्नको लागि प्रयोग गरिन्छ ।

व्हाइट हाउस, अमेरिका

आयरल्याण्डमा जन्मिएका जेम्स होबनले ह्वाइट हाउसको डिजाइन गरेका थिए । यसको निर्माण कार्य वर्ष १७९२ देखि १८०० को बीचमा अर्थात् ८ वर्षमा पूरा भएको थियो । आजको ह्वाइट हाउस भएको स्थानमा पहिला जंगल र पहाड थियो ।

व्हाइट हाउस, अमेरिका

ह्वाइट हाउसमा कुल १३२ कोठा छन् । त्यो बाहेक ३५ बाथरुम, ४१२ ढोका, १४७ खुट्किला, २८ आगोबाल्ने ठाउँ, ८ भर्‍याङ र तीन वटा लिफ्ट छन् । यो बाहेक ह्वाइट हाउसमा पाँच फुलटाइम शेफले काम गर्छन् । र भवन भित्र १४० पाहुनाको साथमा एकैपटक रात्रि भोजनको व्यवस्था छ ।

व्हाइट हाउस, अमेरिका

ह्वाइट हाउसको बाहिरी ढोकालाई पेन्ट गर्नको लागि ५७० ग्यालिन रङको आवश्यक पर्दछ । भनिन्छ, वर्ष १९९४ मा ह्वाइट हाउसमा पेन्ट गर्ने खर्च दुई लाख ८३ हजार डलर भन्दा धेरै लागेको बताइएको थियो ।

अमेरिकी राष्ट्रपतिको सरकारी निवासको नाम ‘ह्वाइट हाउस’ सन् १९०१मा टेड्डी रुजबेल्टले राखेका थिए । यसअघि, ह्वाइट हाउसलाई राष्ट्रपतिको महल भनेर चिनिन्थ्यो । भवन डिजाईनरबीच गरिएको प्रतियोगिता जित्दै सन् १७९२ मा जेम्स होबनले ह्वाइट हाउसको डिजाईन गरेका थिए ।

आतंकवादी हमला भएमा बंकरमा बसेर नै राष्ट्रपतिले सम्पूर्ण काम गर्न सक्छन् भने बंकरबाटै बाहिर निस्किन मिल्ने सुरुंग समेत निर्माण गरिएको छ ।

ह्वाइट हाउस मात्र एउटा यस्तो भवन हो जुन राष्ट्रप्रमुखको निजी निवासका रुपमा सर्वसाधारणले निशुल्क भ्रमण गर्न पाउँछन् । ह्वाइट हाउस जस्तै देखिने भवन एटलान्टा, चीन र अष्ट्रीयामा समेत निर्माण गरिएको छ । भवन निर्माणका लागि युरोपेली आप्रवासीलाई दास बनाएर ४३ लाख ८० हजार अमेरिकी डलरमा निर्माण गरिएको थियो ।

अमेरिकी राष्ट्रपतिको कार्यालयका रुपमा परिचित ओभल रुम सन् १९१३ मा विलियम होवार्डले निर्माण गर्न लगाएका थिए । ह्वाइट हाउसको भुइतलामा मल, फूलको पसल र डेन्टिस्टको कार्यालय समेत राखिएको छ । यो आलिसन भवनमा बस्ने पहिलो राष्ट्रपति जर्ज वासिङटन नभइ जोन अडार्म्स हुन् । राष्ट्रपति भवन भित्र बंकर निर्माण गरिएको छ । आतंकवादी हमला भएमा बंकरमा बसेर नै राष्ट्रपतिले सम्पूर्ण काम गर्न सक्छन् भने बंकरबाटै बाहिर निस्किन मिल्ने सुरुंग समेत निर्माण गरिएको छ ।

अमेरिकामा राष्ट्रपतिको वार्षिक तलव ४ सय हजार डलर रहेको छ । यो बाहेक वार्षिक ५० हजार डलर खर्च भत्ता, १०० हजार डलर भ्रमण खर्च र मनोरञ्जनका लागि वार्षिक १९ हजार डलर दिने गरिन्छ । त्यस्तै उपराष्ट्रपतिको वार्षिक तलब २३० हजार ७ सय डलर रहेको छ । त्यस्तै त्यहाँको कर्मचारी प्रमुखको तलव वार्षिक २ सय हजार डलर रहेको छ ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested