English

पल प्रकरणले कस्तो मोड लिइरहेको छ ?



अभिनेता पल शाह अहिले जबरजस्ती करणीको आरोपमा तनहु प्रहरी हिरासतमा छन् । आज फेरि म्याद थप गर्दै जिल्ला अदालत तनहुले ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

नाबालिगले आफूमाथि जबरजस्ती करणी भएको भन्दै फागुन ११ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । जाहेरी परेको ४ दिन पछि फागुन १५ मा पलले तनहु प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि पीडित परिवार उनी विरुद्ध अर्को जाहेरी लिएर फागुन १६ का दिन नवलपरासीस्थित इलाका प्रहरी कार्यालय गैँडाकोट पुगेको थियो ।

प्रहरी नियन्त्रणमा पुगेका पललाई जिल्ला प्रहरी कार्यालय तनहुले हिरासतमा राखेर अनुसन्धान सुरु गर्यो । तनहु जिल्ला अदालतले शाहमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न म्याद दिएको थियो । अनुसन्धान पुरा नभएपछि फागुन २२ गते जिल्ला अदालत तनहुँले पललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

तनहुँ प्रहरी हिरासतमा रहेको नौ दिनपछि फागुन २४ मा थप छानबिनका लागि पललाई नवलपुरस्थित सरकारी वकिल कार्यालय गैँडाकोट लगिएको थियो ।

बिहीबार शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा बलात्कारको अर्को मुद्दा दर्ता भएको छ । बलात्कार भएको दोस्रो स्थान भन्दै नाबालकले नवलपुरमा पनि जाहेरी दिएकी थिइन् । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुमा पनि तीनै किशोरीले बलात्कारको अभियोगमा उजुरी दिएकी थिइन् । शाहको मुद्दा जिल्ला अदालत तनहुँमा पनि चलिरहेको छ ।

नाबालिगले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरेको हो ।

१५ वर्ष ८ महिना चार दिनकी नाबालिकलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । गायिका समेत रहेकी नाबालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसुरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयले अभियोग पत्र दायर गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । सोही अनुसारको सजाय माग दाबी गरिएको उनले बताए ।

त्यस्तै यौन हिंसा अध्यादेश २०७७ मा चार लाखसम्म जरिवाना हुनसक्ने उल्लेख छ । सोही अनुसार चार लाख रुपैयाँ क्षतिपूर्तिको समेत माग दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता नेपालीले बताए ।

शाहलाई तनहुँबाट झिकाउने भन्ने अभियोग पत्रमा उल्लेख गरिएको छ । तनहुबाट झिकाएपछि मात्र थुनछेक बयान सुरु हुने उनको भनाइ छ । नवलपरासीमा अनुसन्धानपछि शाहलाई तनहु लगिएको थियो ।

फरक फरक ठाउँबाट जाहेरी पर्दा के हुन्छ ?

प्राङन्यायीक सिद्धान्त अनुसार एउटै घटनाक्रम, एउटै व्यक्ति, एउटै पिडक र एउटै पीडित छ भने उसलाई दोहोरो मुद्दा चल्दैन । दोहोरो उजुरी तथा दोहोरो मुद्दा लिइए पनि अदालतमा जाँदा पछिल्लो घटना जहाँ घटेको छ,त्यही घटनालाई मुख्य मुद्दा बनाएर अदालतमा जाने अधिवक्ता प्रीति कार्की बताउँछिन् ।

प्रीति कार्की
अधिवक्ता

पीडितले वारदात भएको स्थानमा उजुरी गर्ने पाउने क्षेत्र अधिकार हुन्छ । पीडितले अरू स्थानमा पनि घटना भएकोले उजुरी दिएको हुनसक्छ ।

अर्को क्षेत्र अधिकारको कुरा पनि यहाँ जोडिन्छ । घट्न जहाँ घट्यो त्यो ठाउँमा उजुरी गर्ने भन्ने हुन्छ । यसमा तीन वटा कुरा हुन्छ । पहिलो घटना घटेको स्थान, दोस्रो पिडकलाई पायक पर्ने ठाउँ र तेस्रो पीडितलाई पायक पर्ने ठाउँ तीनै ठाउँबाट जाहेरी दिन पाइन्छ भनेर कानुनले अधिकार दिएको छ । जहाँ वारदात भयो त्यहाँ गएर उजुरी गर्नु पर्छ भन्ने भएर पनि पीडितले दुई ठाउँबाट उजुरी गरेको हुनसक्ने अधिवक्ता कार्कीले बताइन् । ‘पीडितले वारदात भएको स्थानमा उजुरी गर्ने पाउने क्षेत्र अधिकार हुन्छ । पीडितले अरू स्थानमा पनि घटना भएकोले उजुरी दिएको हुनसक्छ ।’

एकै ठाउँबाट उजुरी दिएको भए पनि सजाय एउटै हुन्छ । यसले अनुसन्धानमा सहयोग मात्रै गर्ने हो सजायमा फरक भने नपर्ने कार्की बताउँछिन् ।

यस्तो थियो पलको पक्ष

नवलपुर जिल्ला अदालतमा दर्ता गरिएको अभियोग पत्रमा प्रतिवादी शाहले आफूले करणी गरेको आरोप अस्वीकार गरेका छन् ।

पलले २०७८ वैशाखमा तनहुँमा म्युजिक भिडियोहरूको सुटिङ सकिएको दुई तीन महिनापछि पीडितले आफूलाई फोन गरी बाहिर सम्बन्धलाई लिएर चर्चा भइरहेको बताएपछि आफूहरूबिच विवाद भएको जाएका छन् ।

विवाद बढ्दै जाँदा ’तिमी आफ्नो तरिकाले गर भनी वादविवाद भएको केही समयमा पीडितको तर्फबाट प्रहरीमा उजुरी परेको’ उल्लेख गरेको बयानमा भनिएको छ ।

रिपोर्टमा आफूले पीडितलाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको भन्ने ब्यहोरा झुटो भएको उनले बयानमा भनेका छन् । उनले बयानमा भनेका छन्, ‘म र पीडितबिच प्रेम सम्बन्ध थिएन ।’

यो पनि
पल-समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
पलविरुद्ध समिक्षाका बाबुले गैंडाकोटमा दिए अर्को जाहेरी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,