English

फागुका दिन यसकारण प्रदर्शन गरिन्छ भीमसेन लिङ्ग



होली भनेपछि धेरैलाई लाग्छ रंगको पर्व भनेर । तर, भक्तपुरको होली भने त्यतिमा सीमित छैन । यहाँंको होली यौनसँंग पनि जोडिएको छ । यही क्रममा भक्तपुरको दतात्रयको एउटा मन्दिरमा महाभारतका भीमसेनका ठूलो, लामो, मोटो लिंग प्रदर्शनमा राखिएको छ ।

यहाँं लिंगको प्रदर्शन मात्रै होइन यौन सम्पर्क गरिराखेको दृश्य छ । भक्तपुर नगरपालिका–९ दतात्रयस्थित भीमसेन मन्दिरको पहिलो तल्लामा भीमसेनको लिंगको प्रतिकको रुपमा रहेको करिब तीन फिट लामो काठको लिंग (महाभारतका भीमसेनको लिंगको प्रतिक) रातो कपडालाई बीचमा प्वाल पारेर (द्रोपतीको योनीको संकेत) योनीभित्र लिंग पसिराखेको अवस्थाको दृश्य त्यहाँं राखिएको छ । यो लिङ्गको टुप्पोमा कपास झुन्ड्याइएको छ । यौन सम्पर्क गर्दा वीर्य खसेको देखाइ लिंगको टुप्पोमा सेतो कपास झुण्डाई राखिएको हो । यहाँ कपासलाई वीर्यको प्रतीकको रूपमा लिने गरिन्छ ।

प्रत्येक वर्ष होलीको क्रमको परम्पराअनुसार त्यहाँं यस्तो गरिएको हो । यो दृश्य हेर्न र लिंगलाई पूजा गर्न आउनेहरू पनि उतिकै भेटिन्छन् । होलीको एक हप्ता अघिदेखि स्थानीय बासिन्दाहरू द्रोपदीको योनीमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने गर्छन् । यसले पारिवारिक सुख र दीर्घायू मिल्ने विश्वास गरिन्छ । भक्तपुरको होली संस्कृति र जीवनशैलीसँग मात्र नभई प्रजनन स्वास्थ्यसँग पनि जोडिएको बताइन्छ ।

झट्ट हेर्दा यसले अश्लीलताको झलक दिए पनि कुनै सञ्चार माध्यम नभएको त्यतिबेला देवदेवीको समागमको नाम दिएर सन्तान जन्माउने कला सिकाएको जानकारहरू बताउँंछन् । शारीरिक सम्बन्ध राख्ने तरिका सबै मानिसले बुझ्नको लागि यो पर्व हो भन्छन् उनीहरू । यो दृश्य होलीको मुख्य दिन बिहीबारसम्म हेर्न सकिनेछ ।

मन्दिरकी पुजारी केशरी कपालीका अनुसार पहिलापहिला भए भीमसेनको योनाङ्गलाई भीमसेन मन्दिरको तल पाटीमै झुन्डाउने चलन थियो । धेरै भिडभाड हुने सार्वजनिक पाटीमा राखेर लिंग झुन्ड्याउँदा विशेष गरेर महिलालाई हिँड्डुल गर्ने अप्ठ्यारो भएपछि लिंगलाई मन्दिरको माथिल्लो तल्लामा झुन्ड्याउन थालिएको उनले जनाइन् ।

झुण्डाइएको लिंगलाई होली पूर्णिमाको दिन आज किहीबार निकालिन्छ । त्यसपछि यसलाई धुनको लागि पुन सूर्यमढी च्याम्हासिंह हुँर्दै ब्रह्मायणी नदीसम्म बोकेर लाने चलन छ । यो अन्तिम दिनमा भीमसेनको योनाङ्ग बोक्न आउनेको भीड लाग्छ । योनाङ्ग बोकेर लगेर धोयो भने छोरा जन्मिन्छ भन्ने जनविश्वास अझै छ । भीमसेनको योनाङ्ग छोरा नभएकाहरू विशेष बोक्न लालायित हुन्छन् । होलीको दिन साँझ योनाङ्ग धोएपछि भक्तपुरको होली समाप्त हुन्छ ।

संस्कृतिविद् जननीप्रसाद मुल उहिलेदेखिको यो परम्परा अहिले पनि जस्ताको तस्तै हेर्न पाउनुमा खुशी व्यक्त गर्छन् । पुराना संस्कृति, परम्परालाई जोगाईराख्नु आवश्यक रहेको उनी औंल्याउँंछन् ।

यो पनि…
परम्परा बिर्सेर आधुनिक हुँदै गयो होली
यसकारण मनाइन्छ रुपाली होली



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested