English

जहाँ छन् काठ र सिसाले बनेका घरहरु (फोटो फिचर)



रसुवाको तामाङ सम्पदा मार्गमा पर्ने थुमन गाउँमा जस्ताको छाना, काठैकाठ र सिसा प्रयोग गरेर बनाइएका घर देख्न सकिन्छ । स्थानीय मौलिक परम्पराका घर एक दुई मात्र देखिन्छन् । भूकम्पअघि यस गाउँमा ढुंगाको गारो र स्थानीय भाषामा ‘पाङलिङ’ भनिने काठको फलेकका छाना थिए । भूकम्पपछिको पुनर्निर्माणसँगै गाउँको पुरानो संरचना फेरिएको छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका एकको थुमन गाउँ तामाङ समुदायको बसोबास भएकाले सांस्कृतिक रूपमा समेत धनी छ । चाडपर्वमा बौद्ध धर्मावलम्बीले टाँग्ने रंगीविरंगी झन्डा, लुङदरले थुमनको सौन्दर्य अझ बढाएको छ ।

स्थानीयले पुरानै तामाङ शैलीमा घर निर्माण नगरे पनि अहिलेको घरमा इँटा, ढुंगा र सिमेन्टको प्रयोग भने गरेका छैनन् । हिमाली क्षेत्रमा धेरै चिसो हुने हुनाले पहिले देखिनै काठको घर बनाउने चलन रहि आएको हुँदा सहरबाट निर्माण सामग्री ल्याएर घर बनाउन धेरै खर्चिलो पनि हुने तर गाउँ नजिकैको सामुदायिक वनबाट कर तिर्दा काठ सस्तो पर्ने हुनाले काठको घर बनाएको स्थानीयको भनाइ छ ।

पुनर्निर्माण सँगै थुमन गाउँ भूकम्प भन्दा अगाडिकै अवस्थामा पुगेको छ । हिमाली गाँउमा चिसो हावापानी तामाङ जातीको कला र संस्कृति, रहनसहन लगायत हिमश्रृखलाको दृष्यावलोकन गर्न पाईने भएकैले पनि आन्तरिक तथा बाह्य पर्यटक आउने आशामा पर्यटन ब्यवसायी र स्थानीयबासी रहेका छन् ।

यो पनि…
झण्डीबजार भर्न जाँदै नेपाली (फोटो फिचर)
विश्व चिनाउने साताका २१ तस्वीर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested