English

जंगलको बीचबाट शिक्षाको ज्योति छर्दै एउटा विद्यालय



महोत्तरीको खयरमारा बजारबाट करिब आठ किलोमिटर यात्रा गरेपछि छोड्के पुगिन्छ । चारैतिर चुरे पर्वतले घेरिएको यो ठाउँमा नदीको किनार छाडेर सय मिटर अगाडि बढेपछि रूखको छेउमा टाँसेको एउटा बोर्ड छ । बोर्डमा मेटिन लागेको पूरानो अक्षरमा श्री माध्यामिक विद्यालय लेखिएको छ ।

वरपर कतै पनि गाउँ देखिदैनन् । जंगलको बीचमा रहेको यो भवन विद्यालय होला भनेर पत्याउन निकै मुस्किल हुन्छ । तर महोत्तरीको बर्दिबास–११ स्थित छोड्के भन्ने ठाउँमा रहेको यो विद्यालयमा तीन सय विद्यार्थी अध्ययनरत छन् ।

नदीको किनारबाट विद्यालयका लागि कम्पाउण्ड उठाइएको छ । दुई, तीन वटा जिर्ण भवनको बीचमा टलक्क टल्केको एकतले भवन पनि साथमै छ । नगरप्रमुख विदुर कार्की परैबाट औल्याउँदै भन्दैछन्, ‘यसपालि नै बनाएको भवन हो । झण्डै २५ लाख लाग्यो । साथमा यो छेउमा कम्पाउण्ड पनि बनायौं।’

विद्यालयको हाताभित्र प्रवेश गरेपछि लाइब्रेरी र केही थान कम्प्युटर पनि देखिन्छन् । व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर तामाङ भन्छन्, ‘हामीले विद्यालयमा कम्प्युटर पनि सिकाउँछौं । प्रावधिक शिक्षकको त अभाव नै छ । तै पनि जानेका सरहरूले सिकाउनु हुन्छ ।’

यहाँका विद्यार्थीहरूको भने आफ्नै कथा छ । सबैभन्दा नजिक भनेका विद्यार्थीको घर र विद्यालयको दूरी आधा घण्टाको छ । सर्लाहीको कालिन्जोर, फुलजोर, खयरमाराको गर्दी, गुरूङ खोला, गर्दी खोला, छोड्के, भाङ्ग्रे झ्याउरे, पिपलदह, चनौटे जस्ता ठाउँका विद्यार्थी यहाँ पढ्न आउँछन् ।

तराईको विद्यालय भए पनि यहाँ आइपुग्ने सडक निकै कठिन छ । अझ भनौ सडकनै छैन । केही समयअघि मात्रै नगरपालिकाले सडकको ट्रयाक खोलेको छ । कालिन्जोर, फुलजोर सिदिबाट आउने विद्यार्थी करिब दुई घण्टा हिँडेपछि बल्ल विद्यालयमा आइपुग्छन् । सबैभन्दा बढी सडक सञ्जालको विकास भएको तराईमा चुरे पर्वतको काखमा रहेका यस्ता ठाउँका विकटताले विद्यार्थीहरूलाई समस्या परिरहेको छ ।

वरपर कतै पनि गाउँ देखिदैनन् । जंगलको बीचमा रहेको यो भवन विद्यालय होला भनेर पत्याउन निकै मुस्किल हुन्छ । तर महोत्तरीको बर्दिबास–११ स्थित छोड्के भन्ने ठाउँमा रहेको यो विद्यालयमा तीन सय विद्यार्थी अध्ययनरत छन् ।

२०४० सालमा स्थापना भएको यो विद्यालयले वर्षौदेखि यही विकटताको खाल्डोमा रहेर पनि धेरै जनालाई सफलताको शिखरमा पुर्‍याएको छ । यही विद्यालयमा अध्यन गरेका कयौं विद्यार्थी अहिले सरकारी तथा उच्च ओहदामा कार्यरत छन् । विहान दुई घण्टा बेलुका दुई घण्टा साँझ गरी दिनको चार घण्टा बिताएपछि बल्ल साना, ठूला नानीहरू विद्यालयमा पढ्न पाउँछन् ।

अझै पनि शिक्षकहरू यहाँ पर्याप्त मात्रा नभएको गुनासो गर्छन् स्थानीय कदमबहादुर आले । ‘शिक्षकहरू थिएनन् बल्ल एकजना शिक्षक नगरले पठाएको छ । अझै केही दरबन्दी आवश्यक छ,’उनले भने ।

नगरपालिकाले यहाँको विकटतालाई महसुस गरी ध्यान पुर्‍याएको छ । सम्भवतः दुई वर्षभित्र यहाँ स्थायी सडक बन्ने र यस भेगवाट विकटता विस्थापन हुने नगरप्रमुख कार्की बताउँछन् । त्यसो त सम्बन्धित निकायको व्यवास्ताले पनि वर्षौदेखि छोड्के र यस विद्यालय निकै विकटताको खाडलमा रहेको छ स्थानीयको बुझाइ छ । ‘पछिमात्र स्थानीय सरकारको आँखा पर्दैछ । यही गतिमा ध्यान दिएको भए यतिन्जेलसम्म निकै सुगम भइसक्थ्यो होला,’ स्थानीय युवा सोमबहादुर बम्जनले भने ।

सामान्य स्वास्थ्य चौकी पुग्न यहाँका बासिन्दालाई अझै घण्टौं हिँड्नु पर्ने बाध्यता छ । बिरामी हुँदा एम्बुलेन्स पुग्दैन । नदीको किनारलाई नै सडक ठानेर सवारीसाधन चल्छन् । बर्खायाममा यहाँ नाकावन्दी जस्तै हुन्छ । न विद्यार्थी विद्यालय पुग्न सक्छन् न त शिक्षक नै । त्यसैले हरेक बर्खायाममा करिब दुई महिना विद्यालय बन्द हुन्छ ।

विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरूको मात्र होइन स्थानीयको पनि छोड्के गाउँमा समस्या छ । बजार जान मात्रै यहाँबाट तीन घण्टा हिँड्नुपर्छ, बर्खायाममा त बजारसम्म जान नसक्ने अवस्थाले पहिल्यै जोहो गरेर राख्नुपर्ने उनीहरूको भनाइ छ ।

‘छोराछोरीहरूको कापी, कलम सकिँदा कहिलेकाही महिनौंसम्म समस्या पर्छ,’स्थानीय कदमबहादुर भन्छन् । विद्यालयको अवस्था जस्तोसुकै भएपनि यही पढेका विद्यार्थीहरू देशको उच्च ओहदामा भएको र विकटता जस्तोसुकै भएपनि ज्ञानशिक्षामा भने सुगमता छरेको स्थानीय बताउँछन् ।

यो पनि…
यी औषधीले निको होइन, बढाउँछ झन् खतरा
अहंकारी शिष्य देखेर गुरुले गरे यस्तो काम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र