English

करिश्मा ढकालका फ्यान : गिफ्ट ल्याइदिनेदेखि स्कुल छोड्नेसम्म



मोडल करिश्मा ढकाल नेपाली गीत सङ्गीत क्षेत्रमा चर्चित मोडल हुन् । उनले अहिलेसम्म करिब एक हजारभन्दा बढी गीतमा मोडलिङ गरिसकेकी छिन् । उनी भिडियोमा मात्र हैन स्टेज कार्यक्रममा पनि त्यतिकै व्यस्त हुन्छिन् ।

युवा पुस्ताले उनको नृत्यलाई एकदमै मन पराएका छन् । उनलाई सामाजिक सञ्जालमा फलो गर्नेको सङ्ख्या पनि अत्यधिक छ । धेरै फ्यानहरूमध्ये आफ्ना केही अनौठा फ्यानलाई उनी यसरी सम्झिन्छिन् :

बिहेपछि पनि फोन गरिरहने फ्यान

धेरै फ्यानहरूले फोन म्यासेज गरेर म तपाईंको ठूलो फ्यान हुँ भनिरहेका हुन्छन् । तर, एक जना फ्यान भने अनौठो हुनुहुन्छ । मेरो सुटिङमा पनि उहाँ धेरैपटक आउनुभएको थियो । धेरै फोन गरेर म तपाईंको ठूलो फ्यान हो तपाईं मलाई एकदमै मन पर्छ भन्नुहुन्छ ।

हालसालै उहाँको विवाह पनि भइसकेको छ । तैपनि उहाँ मलाई फोन गरिरहनुहुन्छ । उहाँको यो बानीले उहाँको श्रीमती पनि दिक्क भइसकेकी रहेछिन् । तैपनि, उहाँ मलाई फोन गर्न भने छोड्नुहुन्न ।

अस्ट्रेलियाबाट गिफ्ट ल्याइदिने फ्यान

करिब एक वर्ष अघिको कुरा हो एक जना फ्यान मलाई भेट्नको लागि मेरो घरको ढोका अगाडि पर्खिरहनुभएको रहेछ । सुटिङ सकाएर घर पुग्दा रातको ११ बजेको थियो । रातको ११ बजे पनि मसँग भेट्नको लागि कुरेर बस्नुभएको देखेर मलाई अचम्म लाग्यो । उहाँले मलाई भेटेर गिफ्ट पनि दिनुभयो । ढिलो भएको कारण र भोलिपल्ट उहाँको अस्ट्रेलियाको फ्लाइट पनि भएको कारण उहाँ मलाई भेटेर गिफ्ट दिएर गई हाल्नुभयो । घरभित्र पसेर गिफ्ट खोलेर हेरेँ पफ्र्युम रहेछ ।

मेरो कार्यक्रममा आउनको लागि स्कुल नै छोड्ने फ्यान

एउटा कार्यक्रमको लागि म धादिङ गएको थिएँ । मेरो प्रस्तुति सकाएर म बसिरहेको थिएँ । आयोजक टिमले तपाईंको लागि पनि विशेष एउटा प्रस्तुति छ हेर्न जाम भनेर अनुरोध गर्नुभयो । त्यस कार्यक्रममा आफ्नो प्रस्तुति दिनको लागि एक जना भाइ सामाखुसीबाट धादिङ आउनुभएको रहेछ । उहाँले मेरा लागि विशेष प्रस्तुति दिनुभयो उहाँको प्रस्तुति हेरेपछि म उहाँलाई भेट्न गएँ । उहाँको आमा पनि सँगै आउनुभएको रहेछ । कार्यक्रममा सहभागी हुन र मलाई भेट्नको लागि स्कुल नै नगई आएको भनेर त्यो भाइको आमाले सुनाउँदै हुनुहुन्थ्यो । उहाँलाई पनि म सम्झिरहन्छु ।

चकलेट गिफ्ट दिने फ्यान

एउटा कार्यक्रममा सहभागी हुन चितवन गएको थिएँ । त्यहाँ एक जना महिला फ्यानसँग भेट भएको थियो । उहाँ मेरो प्रस्तुति हेर्नका लागि ३ घण्टा अघिदेखि नै कार्यक्रममा स्थलमा आइपुग्नुभएको रहेछ । मलाई देख्नेबित्तिकै उहाँ दौडेर मेरो नजिक आउनुभयो र मलाई हग गर्नुभयो । उहाँले मलाई धेरै चकलेट पनि उपहारस्वरूप दिनुभएको थियो । उहाँलाई पनि म सम्झिरहन्छु ।

यो पनि
भरतमणिका फ्यान : मुटु दिन्छु भन्नेदेखि उपहार दिनेसम्म
सीता न्यौपानेका फ्यान : बाइकमा फलो गर्नेदेखि प्रेम प्रस्ताव राख्नेसम्म (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested