English

करिश्मा ढकालका फ्यान : गिफ्ट ल्याइदिनेदेखि स्कुल छोड्नेसम्म



मोडल करिश्मा ढकाल नेपाली गीत सङ्गीत क्षेत्रमा चर्चित मोडल हुन् । उनले अहिलेसम्म करिब एक हजारभन्दा बढी गीतमा मोडलिङ गरिसकेकी छिन् । उनी भिडियोमा मात्र हैन स्टेज कार्यक्रममा पनि त्यतिकै व्यस्त हुन्छिन् ।

युवा पुस्ताले उनको नृत्यलाई एकदमै मन पराएका छन् । उनलाई सामाजिक सञ्जालमा फलो गर्नेको सङ्ख्या पनि अत्यधिक छ । धेरै फ्यानहरूमध्ये आफ्ना केही अनौठा फ्यानलाई उनी यसरी सम्झिन्छिन् :

बिहेपछि पनि फोन गरिरहने फ्यान

धेरै फ्यानहरूले फोन म्यासेज गरेर म तपाईंको ठूलो फ्यान हुँ भनिरहेका हुन्छन् । तर, एक जना फ्यान भने अनौठो हुनुहुन्छ । मेरो सुटिङमा पनि उहाँ धेरैपटक आउनुभएको थियो । धेरै फोन गरेर म तपाईंको ठूलो फ्यान हो तपाईं मलाई एकदमै मन पर्छ भन्नुहुन्छ ।

हालसालै उहाँको विवाह पनि भइसकेको छ । तैपनि उहाँ मलाई फोन गरिरहनुहुन्छ । उहाँको यो बानीले उहाँको श्रीमती पनि दिक्क भइसकेकी रहेछिन् । तैपनि, उहाँ मलाई फोन गर्न भने छोड्नुहुन्न ।

अस्ट्रेलियाबाट गिफ्ट ल्याइदिने फ्यान

करिब एक वर्ष अघिको कुरा हो एक जना फ्यान मलाई भेट्नको लागि मेरो घरको ढोका अगाडि पर्खिरहनुभएको रहेछ । सुटिङ सकाएर घर पुग्दा रातको ११ बजेको थियो । रातको ११ बजे पनि मसँग भेट्नको लागि कुरेर बस्नुभएको देखेर मलाई अचम्म लाग्यो । उहाँले मलाई भेटेर गिफ्ट पनि दिनुभयो । ढिलो भएको कारण र भोलिपल्ट उहाँको अस्ट्रेलियाको फ्लाइट पनि भएको कारण उहाँ मलाई भेटेर गिफ्ट दिएर गई हाल्नुभयो । घरभित्र पसेर गिफ्ट खोलेर हेरेँ पफ्र्युम रहेछ ।

मेरो कार्यक्रममा आउनको लागि स्कुल नै छोड्ने फ्यान

एउटा कार्यक्रमको लागि म धादिङ गएको थिएँ । मेरो प्रस्तुति सकाएर म बसिरहेको थिएँ । आयोजक टिमले तपाईंको लागि पनि विशेष एउटा प्रस्तुति छ हेर्न जाम भनेर अनुरोध गर्नुभयो । त्यस कार्यक्रममा आफ्नो प्रस्तुति दिनको लागि एक जना भाइ सामाखुसीबाट धादिङ आउनुभएको रहेछ । उहाँले मेरा लागि विशेष प्रस्तुति दिनुभयो उहाँको प्रस्तुति हेरेपछि म उहाँलाई भेट्न गएँ । उहाँको आमा पनि सँगै आउनुभएको रहेछ । कार्यक्रममा सहभागी हुन र मलाई भेट्नको लागि स्कुल नै नगई आएको भनेर त्यो भाइको आमाले सुनाउँदै हुनुहुन्थ्यो । उहाँलाई पनि म सम्झिरहन्छु ।

चकलेट गिफ्ट दिने फ्यान

एउटा कार्यक्रममा सहभागी हुन चितवन गएको थिएँ । त्यहाँ एक जना महिला फ्यानसँग भेट भएको थियो । उहाँ मेरो प्रस्तुति हेर्नका लागि ३ घण्टा अघिदेखि नै कार्यक्रममा स्थलमा आइपुग्नुभएको रहेछ । मलाई देख्नेबित्तिकै उहाँ दौडेर मेरो नजिक आउनुभयो र मलाई हग गर्नुभयो । उहाँले मलाई धेरै चकलेट पनि उपहारस्वरूप दिनुभएको थियो । उहाँलाई पनि म सम्झिरहन्छु ।

यो पनि
भरतमणिका फ्यान : मुटु दिन्छु भन्नेदेखि उपहार दिनेसम्म
सीता न्यौपानेका फ्यान : बाइकमा फलो गर्नेदेखि प्रेम प्रस्ताव राख्नेसम्म (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली