English

अब टिकटकमा १० मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने



टिकटकमा अब १० मिनेटसम्मको भिडियो अपलोड गर्न सकिनेछ। अमेरिकी प्रविधि वेभसाइट द भर्जका अनुसार कम्पनीका प्रवक्ताले सोमबार उक्त घोषणा गरेका हुन्।

‘हामीले टिकटक अनुभवलाई समृद्ध बनाउन नयाँ तरिकाहरू परीक्षण गरिरहेका छौं,’ उनले भनेका छन्, ‘त्यसैसम्बन्धी टिकटकमा अब १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने फिचर उपलब्ध गराउने भएका हौं।’

टिकटक पहिलो पटक सार्वजनिक हुँदा यसमा जम्मा १५ सेकेन्डको भिडिओ अपलोड गर्न मिल्थ्यो। पछि एक मिनेटसम्मको भिडिओ अपलोड गर्न मिल्ने सुविधा दिइयो। गत जुलाईदेखि भने प्रयोगकर्ताले ३ मिनेटसम्मको भिडिओ अपलोड गर्न सक्थे। अब भने टिकटकमा १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने भएको हो।

यो विशेषता समावेश भएसँगै टिकटकमा रचनात्मक भिडिओ अपलोड गर्न प्रयोगकर्ताहरूलाई प्रोत्साहन मिल्नेमा कम्पनी सकारात्मक छ।

अहिले सामाजिक सञ्जालमध्ये टिकटकको लोकप्रियता बढ्दो छ। भिडिओ सेयरिङ एप टिकटकको यही विशेषतालाई पछ्याउँदै सन् २०२०मा इन्स्टाग्रामले रिल्स र युट्युबले सर्ट फिचर सार्वजनिक गरेको थियो।

यो पनि
‘नेपाली पात्रो’को सिईओमा सन्तोष देवकोटा नियुक्त
गेटवे पेमेन्टले युपीआई सञ्चालनका लागि एनपीसीआई र मनमसँग गर्यो सम्झौता



सम्बन्धित खबरहरु

अनलाईनका माध्यमहरूमा देखा परेका, प्रलोभनमा पार्ने खालका पोष्टहरूको पछि नलागि,आफुले प्रयोग गर्ने बैङ्क तथा वित्तीय संस्थाहरूको आधिकारीक पेज, वेबसाईटबाट मात्र

नेपाली बजारमा एआई प्लस (Ai+) स्मार्टफोनको आधिकारिक बिक्री–वितरण सुरु भएको छ । रियलमी मोबाइलका पूर्व सिइओ माधव सेठद्वारा स्थापित यो

मिति २०८२।०५।०९ गतेका बेलुकी करिब १७:३० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ४ शान्तिकुना मार्ग स्थितमा अनलाइन जुवा (सट्टावाजी

Latest










Popular
Suggested