English

मिर्गौला तस्करी : काभ्रेमा गोप्य चहलपहल !



परिवारका सदस्यले मिर्गौला दिएर निको भएका उदाहरण त थुप्रै छन् । तर, यसैलाई लिएर विभिन्न धन्दा अर्थात् तस्करी समेत मौलाएको छ । योसँग सम्बन्धित घटना धेरैजसो काभ्रेपलाञ्चोकमा भेटिन्छन् ।

फागुन दोस्रो साताको कुरा हो । बनेपास्थित एक होटल सञ्चालकले आफन्तलाई मिर्गौला चाहिएको भन्दै यस क्षेत्रमा पाँचखालका युवासँग आग्रह गरे । ती युवाले होटल सञ्चालकको प्रस्ताव सोझै नकारे । अनि, सञ्चालकले अरू कोही मानिस मिलाइदिए लाखौँ रुपियाँ दिने आश्वासन दिए । त्यसपछि ती युवाले ‘सोचौँला’ भन्दै उनीबाट छुट्टिए ।

मोटरसाइकलमा आउने गरेका केही पुरुषले मिर्गौलाकै विषयमा पटक–पटक कुरा गर्ने गरेको पाँचखाल नगरपालिका–७ जोर पिपलस्थित लामीडाँडा–पलाञ्चोक सडकखण्ड छेउ निवासी एक महिला बताउँछिन् । ‘अहिले यस्तो कुरा नगर्नुस्, मिर्गौलाको कुरा गर्नेबारे यहाँका नेतालाई भनेर सबै मिलेर लखेट्ने गरेको छौँ भनेपछि भाग्छन्’, ती महिलाले भनिन् । स्थानीय जनप्रतिनिधिले त्यस्ता शङ्कास्पद व्यक्ति गाउँमा आए तत्कालै खबर गर्न भनेका छन् ।

मिर्गौलाको विषयमा कुरा गर्न कोही आए हामीले तुरुन्तै खबर गर्न स्थानीयवासीलाई भनेका छौँ, फोन आयो भने नम्बर र व्यक्ति स्वयं आएर गाडी नम्बरसमेत उपलब्ध गराउन पनि अनुरोध गरेका छौँ ।

पाँचखालको होक्से तथा मण्डनदेउपुरको ज्याम्दी आसपासका बस्तीमा गोप्यरूपमा अझै पनि मिर्गौला बेचबिखनका विषयमा कुराकानी गर्न जाने गरेको स्थानीयवासी बताउँछन् । ‘मिर्गौलाको विषयमा कुरा गर्न कोही आए हामीले तुरुन्तै खबर गर्न स्थानीयवासीलाई भनेका छौँ’, पाँचखाल–८ का वडाध्यक्ष पुष्कार ढकालले भने, ‘फोन आयो भने नम्बर र व्यक्ति स्वयं आएर गाडी नम्बरसमेत उपलब्ध गराउन पनि अनुरोध गरेका छौँ ।’

मिर्गौला आवश्यक पर्ने परिवार तथा तस्करी गर्नेले काभ्रे नै सम्झने गरेको घटना विवरणले देखाएको पाइन्छ । जिल्लाको होक्से र ज्याम्दी दुई दशकदेखि ‘बैंक अफ किड्नी’को नामले देश–विदेशमा बदनामी कमाएको क्षेत्र पर्छन् ।

पछिल्लो वर्ष मिर्गौला बेच्नेहरू नै यसबारे चेतनामूलक अभियानमा लागेपछि तस्करीमा केही कमी आएको देखिन्थ्यो । तर, यही वर्ष मिर्गौला तस्करीका दुई घटना सार्वजनिक भएपछि भने आशंका उब्जिएको छ ।

गत साउन अन्तिम साता बनेपा प्रहरीले बनेपा नगरपालिका–५ का २८ वर्षीय एक युवाको मिर्गौला बिक्री गरेको आरोपमा काभ्रेपलाञ्चोककै तीन जनालाई पक्राउ गर्यो ।

उनीहरूले दाजुको मिर्गौला तस्कर खोज्ने क्रममा लागेका युवालाई नै झुक्याई उनको एउटा मिर्गौला भारतमा लगेर बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

आरोपितले ती युवाको एउटा मिर्गौला भारतको कोलकातास्थित एमआरआई अस्पतालमा शल्यक्रिया गरी बिक्री गरेको अनुसन्धानबाट खुलेको थियो । दाजुको मिर्गौला बिक्री गर्ने तस्कर खोज्दाखोज्दै तस्करले निशानामा परेका उनै युवाको जाहेरीपछि प्रहरीले तस्करको खोजबिन थालेको थियो ।

काभ्रेबाट केही वर्षदेखि मानिसको शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला तस्करी रोकिएको अनुमान गरिए पनि २०७५ जेठ १० मा तस्करले काभे्र जिल्ला बनेपा नपा–२ टुकुचा नालास्थित गिरीगाउँका २९ वर्षीय पुरुषलाई झुक्याएर उनको एउटा मिर्गौला भक्तपुरका ५१ वर्षीय एक पुरुषलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराएका थिए ।

अहिले त मैले रक्सी छाडिसकेँ, अब हामी मिर्गौला बेचेका केही मिलेर शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना बाँड्ने कि भन्ने सोच्दैछौँ ।

स्थानीयवासीका अनुसार उक्त घटनामा संलग्नलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।

घटना विवरणअनुसार काभे्रको तत्कालीन होक्से र ज्याम्दी गाविसबाट २४ वर्षअघिदेखि मिर्गौला तस्करी हुने गरेको थियो । तत्कालीन होक्से गाविस–१ स्थित एक ठकुरी परिवारका सात जनाले मिर्गौला बेचेपछि ०६८ मा गाउँ नै छोडेर हिँडे ।

१९ वर्षअघि मिर्गौला बेचेका मण्डनदेउपुर नगरपालिका–१२ ज्याम्दीका नवराज मिजार खुलेरै आफूले मिर्गौला बिक्रीपछि दुखाई कम गर्न रक्सी खाने गरेको र मिर्गौला बेचेर आएको पैसा पनि सकेर जमिन पनि सकेको बताउँछन् । ‘अहिले त मैले रक्सी छाडिसकेँ, अब हामी मिर्गौला बेचेका केही मिलेर शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना बाँड्ने कि भन्ने सोच्दैछौँ’, उनले भने ।

उनलाई तस्करले भारतस्थित दिल्लीमा जागिर लगाइदिने प्रलोभनमा झुक्याएर मिर्गौला बेच्न बाध्य पारेका थिए ।

केही वर्षअघि होक्से र ज्याम्दीमा चेतनामूलक कार्यक्रम गरेको जनाधिकार संरक्षण मञ्च ‘पीपीआर’ नामक संस्थाको प्रतिवेदनमा पाँचखाल नगरको होक्से तथा जोरपीपलका ११२, पाँचखालका १०२ तथा ज्याम्दीका ५६ जनाले आफ्नो एउटा मिर्गौला बेचेको उल्लेख छ । उसको प्रतिवेदनमा यसमध्ये पुरुषभन्दा महिलाको संख्या तेब्बर देखिन्छ ।

यस्तो छ ऐनमा

मिर्गौला तस्करीमा संलग्नलाई मानव बेचबिखन तथा ओसार–पसार ऐन २०६४ अन्तर्गत १० वर्ष कैद र दुई लाखदेखि पाँच लाख रूपैयाँसम्म जरिवाना सजाय हुनेछ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने पनि कानुनी व्यवस्था छ ।

नेपालमा मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन–२०५५ को संशोधन २०७२ मा नाता पर्ने प्रायः सबैले अङ्गदान गर्न सक्ने व्यवस्था गरिएको छ । उक्त ऐनले दुई वा दुईभन्दा बढी परिवारमा अङ्ग साटासाट गर्न सकिने व्यवस्था पनि गरेको छ ।

यो पनि…
मस्तिष्क मृत्युपछि हुने अंगदानलाई कसरी प्रवर्द्वन गर्ने ?
यस्ता हुन्छन् मृगौला बिग्रने कारण र लक्षण, कसरी बच्ने ?



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

Latest










Popular
Suggested