English

आज फागुन २५ गते बुधबारको राशिफल



आज २०७८ साल फागुन २५ गते बुधबार । फागुन शुक्ल सप्तमी । पञ्चाङ्ग विषकुम्भ गर कृत्तिका । राशिफल हेरेर आफ्नो भाग्य निर्धारण गर्नुहोस् ।

मेष : दिन सामान्य छ । आयआर्जन हुनेछ । राजनीति, धार्मिक, सामाजिक, वैदेशिक क्षेत्रहरू यथावत रहेपनि व्यापार व्यवसायमा राम्रो प्रतिफल मिल्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । प्रेम सम्बन्ध राम्रो हुनेछ ।

वृष : दिन सामान्य छ। बोलीमा ख्याल गर्नुपर्ने दिन छ । राजनीति, सामाजिक, आर्थिक क्षेत्रमा दैनिकी मात्र चलाउने काम गर्नुहोला । नयाँ कामको थालनी नगर्नुहोला । पठनपाठनमा भने रुची बढ्नेछ ।

मिथुन : दिन सामान्य राम्रो छ । मानसम्मान पाउने योग रहेको छ । परिवारमा आफ्नो विचारको कदर हुनेछ । प्रतिस्पर्धी सक्रिय छन् । वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमा संघर्ष गर्नु उचित हुनेछ ।

कर्कट : दिन सामान्य राम्रो छ । मानसम्मान मिल्नेछ । प्रतिस्पर्धा हुनेछ । राजनीतिबाट टाढै रहनुहोला ।

सिंह : दिन सामान्य राम्रो छ । आफ्नो बोलीले समाजमा ठूलो प्रभाव पार्नेछ । धार्मिक, सामाजिक, आर्थिक, पारिवारिक क्षेत्रहरू यथावत रहेपनि प्रेम सम्बन्ध सुमधुर रहनेछ । धार्मिक क्षेत्रमा मन जानेछ ।

कन्या : दिन सामान्य राम्रो छ । उल्लाश बढ्नेछ । राजनीति, आर्थिक, सामाजिक क्षेत्रहरू यथावत रहेपनि शिक्षाको क्षेत्रमा जोशजाँगर बढ्नेछ । प्रेममा सफलता मिल्नेछ ।

तुला : दिन सामान्य राम्रो छ । राजनीतिमा सफलता मिल्नेछ । धार्मिक क्षेत्रमा रुची बढ्नेछ । शिक्षामा राम्रो अवसर मिल्नेछ । प्रेममा धोका पाउने योग रहेको छ ।

वृश्चिक : दिन सामान्य मात्र छ । आफूले चलाउँदै आएका दैनिकीमा यथावत रहनेछ । ठूला आयोजनामा हात नहाल्नुहोला । आफन्तबाट धोका मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ ।

धनु : दिन सामान्य राम्रो छ । धन आर्जन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । राजनीति, सामाजिक क्षेत्र भने यथास्थितीमा छन् । प्रेममा सफलता मिल्नेछ । अध्ययन, अध्यापनमा जोशजाँगर बढ्नेछ ।

मकर : दिन राम्रो छ । सफलता मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । आफ्नो बोलीले अरूलाई सहयोग हुने भएकाले बोल्न नडराउनुहोला । हनुमानको स्मरण गरेर थालेको कामबाट सफलता मिल्नेछ ।

कुम्भ : दिन सामान्य राम्रो छ । वादविवाद बढ्ने भएकाले तर्क नगर्नुहोला । वैदेशिक क्षेत्रमा गरेको लगानीले प्रतिफल दिनेछ । कामको सफलताको लागि शिव पावर्तीको तस्विरमा दुबो चढाउनुहोला ।

मीन : दिन निकै राम्रो छ । भाग्यको उदय हुनेछ । ठूलो उपलब्धि हात पर्ने भएकाले सानो कुरामा हात अघि नबढाउनुहोला । प्रेममा सफलता मिल्नेछ ।

यो पनि…
तौल बढाउन बिहानको खाजामा खानुहोस् यी खानेकुराहरू
बाल्यकालमा कस्तो थियो बुद्धको स्वभा
व ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । सर्जक मनिष गहतराज र संगीत संयोजक निरज रास्कोटीको संयुक्त प्रयासमा तयार भएको भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक

वैशाख १२ गते । केके मानन्धर ।न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा काठमाडौंको हनुमानढोकामा भजन, सांस्कृतिक तथा सम्मान कार्यक्रम भव्य

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested