English

तौल बढाउन बिहानको खाजामा खानुहोस् यी खानेकुराहरू



धेरै मानिसहरू आफ्नो कम तौलको बारेमा धेरै चिन्तित छन् । धेरै पातलो हुनु पनि तपाईंको स्वास्थ्यको लागि राम्रो होइन । यसले तपाईंको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ । जसले चाँडै बिरामी पर्न सक्छ । त्यसैले कुनै पनि व्यक्ति फिट रहनु धेरै महत्त्वपूर्ण छ । यसबाहेक धेरै दुब्लो मानिस पनि आफ्नो व्यक्तित्वलाई लिएर धेरै चिन्तित हुन्छन् । कहिलेकाहीँ उनीहरूलाई अप्ठ्यारोको सामना पनि गर्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा तौल राम्ररी बढाउनका लागि बिहान स्वस्थकर खानेकुरा खानुपर्छ । ब्रेकफास्टमा केही खानेकुराहरू समावेश गरेर सजिलै तौल बढाउन सक्नुहुन्छ ।

के–के खाने ?

तौल बढाउन कार्बोहाइड्रेट र क्यालोरीयुक्त खानेकुरा खानु धेरै महत्त्वपूर्ण छ । यसले गर्दा तपाईंको शरीरको तौल बढ्छ र ऊर्जा पनि मिल्छ । क्यालोरीले शरीर र दिमागको काम गर्ने क्षमता बढाउँछ । यसका लागि केरा, रोटी र केही हरियो सागसब्जीलाई बिहान आफ्नो आहारमा समावेश गर्न सक्नुहुन्छ । यसबाट तपाईंलाई प्रशस्त मात्रामा पोषक तत्त्व प्राप्त हुन्छ ।

प्रोटिन
प्रोटिनले शरीरको बृद्धि मात्र होइन शरीरमा हर्मोनको नियन्त्रित र स्रावलाई पनि बढावा दिन्छ । प्रोटिन तौल बढाउनको लागि धेरै महत्त्वपूर्ण छ । यसका लागि बिहानको खाजामा प्रोटिन शेक, पिनट बटर, नट्स, दही आदि समावेश गर्नुहोस् ।

ड्राईफ्रुट
छिट्टै तौल बढाउनको लागि ड्राईफ्रुट पनि राम्रो विकल्प हो । बिहानको खाजामा ड्राईफ्रुट खानुपर्छ । बदाम, किशमिश, ओखर, खजूर र अन्जीरलाई रातभर भिजाउनुहोस् । बिहान खानुहोस् ।

भिटामिन र खनिजले भरिपूर्ण खानेकुरा
शरीरलाई स्वस्थ राख्न भिटामिन र मिनरल्स पनि निकै महत्त्वपूर्ण हुन्छन् । यसले गर्दा तपाईंको प्रतिरक्षा प्रणालीले राम्रोसँग काम गर्छ र शरीरका कोषिकाहरूको पनि विकास हुन्छ । यसका लागि तपाईंले आफ्नो ब्रेकफास्टमा नन–वेज, डायरी उत्पादन, माछाको तेल र स्प्राउट्स समावेश गर्न सक्नुहुन्छ ।

प्रशस्त पानी पिउनुहोस् र व्यायाम गर्नुहोस्
खाने र पिउनु बाहेक शरीरको विकासका लागि प्रशस्त पानी पिउनु पनि निकै महत्त्वपूर्ण हुन्छ । यसले तपाईंको शरीरको समग्र विकासमा मद्दत गर्छ र शरीरलाई हाइड्रेटेड राख्छ । यसका साथै शरीरको सुडौल विकास होस् भनेर केही व्यायाम पनि गर्नुपर्छ । यसका लागि बिहान बेलुका हिँड्न सकिन्छ ।

सावधानी
कहिलेकाहीँ हामी चाँडै तौल बढाउनको लागि धेरै बोसोयुक्त खानेकुरा लिन थाल्छौं, जसका कारण तपाईंको वजन गलत तरिकाले बढ्न थाल्छ । यसले तपाईंको कोलेस्ट्रोलको स्तर पनि बढाउन सक्छ । यसबाहेक यदि तपाईंको शरीरमा यूरिक एसिडको मात्रा बढ्छ भने तपाईंले धेरै प्रोटिन उपभोग गर्नु हुँदैन ।

सबै प्रकारका पोषक र खनिजयुक्त खानेकुराहरू खाएपछि तपाईं तपाईंलाई एलर्जी हुन्छ भने डाक्टरको परामर्श लिनुहोस् ।

यो पनि…
बिहान ब्रस नगरी पानी पिउँदा के हुन्छ ?
गौतम बुद्धले संसारलाई दिए यी १० सन्देश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested