English

सलमानसँग काम गरेकी यी अभिनेत्रीको जीवनका सुख-दुःख



सन् १९९५ मा सलमान खान अतुल अग्निहोत्रीसँग फिल्म ‘वीरगती’ मा देखिएकी अभिनेत्री पूजा डडवालले निकै उतार-चढाव भोगेकी छिन् ।

बिरामी भएपछि उनका श्रीमान र परिवारका सदस्यले पनि उनलाई एक्लै छोडेका थिए । उचित उपचार नहुँदा उनको अवस्था यति बिग्रियो कि उनको तौल मात्रै २३ किलो घट्यो ।

मार्च २०१८ मा मुम्बईको शिवडी अस्पतालको जनरल वार्डमा उपचार गरिरहेकी पूजाको भिडियो भाइरल भएको थियो । त्यसपछि सलमानको बिइङ ह्युमन फाउन्डेसनले १० महिनासम्म पूजाको उपचारको जिम्मा लियो ।

निको भएपछि पुजा ७ अगस्टमा डिस्चार्ज भइन् । वीरगती बाहेक पूजाले ‘दबदबा’, ‘हिन्दुस्तान’, ‘सिन्दूर की सौगन्ध’ र ‘म्याडम नम्बर १’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

टिफिन सेवा सुरु

जीविकोपार्जनका लागि पूजाले टिफिन सेवा सुरु गरिन् । एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘मलाई के गर्ने भन्ने थाहा थिएन । त्यसपछि मेरो साथी राजेन्द्र सिंह (फिल्म निर्देशक) ले टिफिन सेवाको आइडिया दिनुभयो । उहाँले मलाई यसका लागि ठाउँ र सामग्री पनि दिनुभएको छ । अहिले म जहाँ काम गर्छु त्यही ठाउँमा बस्छु, बलिउडमा पनि काम पाउँछु भन्ने विश्वास छ ।’

फिल्ममा कमब्याक

निको भएपछि पूजाको फिल्ममा कमब्याक गर्ने सपना पनि पूरा हुन लागेको छ । उनले छोटो हिन्दी फिल्म ‘शुक्राना गुरुनानक देव जी का’ बाट कमब्याक गर्ने मौका पाएकी छिन् । चलचित्रको छायांकन भैरहेको छ । ‘शुक्राना…’ पछि पूजाले ‘ए ब्युटिफुल वाइफ’ नामको अर्को फिल्म गर्नेछिन् ।

यो पनि…
नायिका पुजा शर्माले सार्वजनिक गरिन् प्रेमी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested