English

सलमानसँग काम गरेकी यी अभिनेत्रीको जीवनका सुख-दुःख



सन् १९९५ मा सलमान खान र अतुल अग्निहोत्रीसँग फिल्म ‘वीरगती’ मा देखिएकी अभिनेत्री पूजा डडवालले निकै उतार-चढाव भोगेकी छिन् ।

बिरामी भएपछि उनका श्रीमान र परिवारका सदस्यले पनि उनलाई एक्लै छोडेका थिए । उचित उपचार नहुँदा उनको अवस्था यति बिग्रियो कि उनको तौल मात्रै २३ किलो घट्यो ।

मार्च २०१८ मा मुम्बईको शिवडी अस्पतालको जनरल वार्डमा उपचार गरिरहेकी पूजाको भिडियो भाइरल भएको थियो । त्यसपछि सलमानको बिइङ ह्युमन फाउन्डेसनले १० महिनासम्म पूजाको उपचारको जिम्मा लियो ।

निको भएपछि पुजा ७ अगस्टमा डिस्चार्ज भइन् । वीरगती बाहेक पूजाले ‘दबदबा’, ‘हिन्दुस्तान’, ‘सिन्दूर की सौगन्ध’ र ‘म्याडम नम्बर १’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

टिफिन सेवा सुरु

जीविकोपार्जनका लागि पूजाले टिफिन सेवा सुरु गरिन् । एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘मलाई के गर्ने भन्ने थाहा थिएन । त्यसपछि मेरो साथी राजेन्द्र सिंह (फिल्म निर्देशक) ले टिफिन सेवाको आइडिया दिनुभयो । उहाँले मलाई यसका लागि ठाउँ र सामग्री पनि दिनुभएको छ । अहिले म जहाँ काम गर्छु त्यही ठाउँमा बस्छु, बलिउडमा पनि काम पाउँछु भन्ने विश्वास छ ।’

फिल्ममा कमब्याक

निको भएपछि पूजाको फिल्ममा कमब्याक गर्ने सपना पनि पूरा हुन लागेको छ । उनले छोटो हिन्दी फिल्म ‘शुक्राना गुरुनानक देव जी का’ बाट कमब्याक गर्ने मौका पाएकी छिन् । चलचित्रको छायांकन भैरहेको छ । ‘शुक्राना…’ पछि पूजाले ‘ए ब्युटिफुल वाइफ’ नामको अर्को फिल्म गर्नेछिन् ।

यो पनि…
नायिका पुजा शर्माले सार्वजनिक गरिन् प्रेमी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

Latest










Popular
Suggested