अमेरिकी राष्ट्रपति बाइडेनको कुकुरबाट हैरान भए कर्मचारी !



अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कुकुर अत्याधिक मन पर्दछ । तर उनका कुकुर कर्मचारीका लागि भने समस्या भएको छ । यी कुकुरले मौका पाउने बित्तिकै ह्वाइट हाउसमा काम गरिरहेका कर्मचारीलाई आक्रमण गर्न थालेको बताइएको छ । हालै मात्र उनको कुकुर मेजरले नेशनल पार्क सर्भिसका कर्मचारीलाई टोकेको हो ।

त्यति मात्रै होइन, ह्वाइट हाउसको नजिक रहेको साउथ लनमा काम गर्ने कर्मचारीलाई पनि टोकेको हो । त्यसपछि घाइते कर्मचारीलाई अस्पताल लगिएको थियो । अहिले उनको अवस्था सुधारोन्मुख छ ।

यसको बारेमा जिल बाइडेनकी प्रेस सचिव मिशेल ला रोसाले बयान जारी गरेकी थिइन् । बाइडेनको डग जेनर वाक गर्नका लागि बाहिर निस्किँदा टोकेको बताइएको छ । बाइडेनसँग दुई जर्मन शेफर्ड मेजर र च्याम्प छन् ।

उनले २००८ को चुनावपछि पहिलो कुकुर च्याम्पलाई घर लगेका थिए भने दोश्रो २०१८ मा किनेका थिए । २०२० मा यहि कुकुरका कारण उनको खुट्टा मर्किएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

संसारमा पूरा दिन २४ घण्टाको हुन्छ, जसमा दिनको १२ घण्टा र रातको त्यति नै घण्टा हुन्छ। दिनको पछि रात र

तपाईँले भूगोलका किताबहरूमा पृथ्वीमा रहेका धेरै महादेशहरूको बारेमा सुन्नु र पढ्नुभएको हुनुपर्छ। पुस्तकहरूमा पृथ्वीमा रहेका सात महाद्वीपहरू भनिएको छ। तर

यस संसारमा यस्ता धेरै रहस्यमय ठाउँ र चीजहरू छन्, जसको बारेमा जान्दा मानिसहरू अचम्ममा पर्छन् । यी मध्ये कतिपय ठाउँ

सम्पूर्ण ब्रह्माण्डमा मात्र नभई पृथ्वीमा पनि यस्ता लाखौँ रहस्यहरू छन्, जसको बारेमा मानिस अझै पनि पत्ता लगाउन चाहन्छ। एउटा यस्तो