English

सिटी, एसी मिलान, बार्सिलोना, आर्सनल र युभेन्ट्सको सानदार जित



केबिन डे ब्रुयने र रियाद मेहरेज चम्किएपछि इंग्लिस प्रिमियर लिअन्तर्गत म्यानचेस्टर डर्वीमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ ।

आइतबार राति सिटीको घरेलु मैदान इतिहादमा भएको खेलमा पूरा समय खेल पकड राख्दै सिटीले युनाइटेडमाथि ४–१ अन्तरको जित निकालेको हो ।

पहिलो हाफमा २–१ ले अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप २ गोल गर्दै शीर्ष स्थानमा बलियो रह्यो । केभिनले खेलको पाँचौ मिनेटमा गोल गर्दै सिटीको अग्रता बनाए ।

जाडोन सान्चोले २२औं मिनेटमा गोल गर्दा भ्रमणकारी टोली युनाइटेड खेलमा फर्कियो । २८औं मिनेटमा पुनः केभिनले गोल गर्दै दोस्रो पटक अग्रता लिए । यसपछि खेलको ६८ र ९०औं मिनेट रियादले गोल गरेपछि सिटीले जित निकाल्यो ।

जितसँगै सिटीले पुनः तीन अंकको अग्रता लिएको छ । २८ खेल खेलेको सिटी ६९ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको लिभरपुल ६३ अंकसहित दोस्रो स्थानमा छ ।

पराजित युनाइटेड भने २८ खेलबाट ४७ अंकसहित पाँचौ स्थानमा छ । आइतबार राति नै भएको अर्को खेलमा घरेलु टोली वाट्फोर्डमाथि ३–२ अन्तरको रोमान्चक जित निकाल्दै आर्सनल शीर्ष चारमा उक्लियो ।

एसी मिलान शीर्ष स्थानमा

नापोलीलाई पराजित गर्दै एसी मिलान इटालीयन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति नापोली घरेलु मैदानमा भएको खेलम एसीले नापोलीलाई १–० अन्तर गोलले पराजित गरेको हो ।

भ्रमणकारी टोली मिलानका ओलिभियर जिराउडले खेलको ४९औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै मिलान २८ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । २७ खेलबाट ५८ अंक बनाएको इन्टर मिलान दोस्रो स्थानमा छ ।

पराजित नापोली २८ खेलबाट ५७ अंक सहित तेस्रो स्थानमा छ । राति नै भएको खेलमा युभेन्ट्सले स्पेजियालाई १–० अन्तरले पराजित गरेको छ ।

बार्सिलोना तेस्रो स्थानमा

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फेरान टोरेस र मेम्फिस डिपाएले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा इल्चेविरुद्ध २–१ अन्तरको पुनरागमन जित निकालेको छ ।

आइतबार राति घरेलु मैदानमा इल्चेका फिडेलले ४४औं मिनेटमा गोल गरेपछि भ्रमणकारी टोली क्याटलान क्लब बार्सिलोना दबाबमा आएको थियो ।

तर टोरेसले जोर्डी अल्बाको पास सदूपयोग गर्दै ६०औं मिनेटमा खेल बराबरीमा ल्याए । डिपाएले पाएको पेनाल्टी सदुपयोग गर्दै खेल सकिन ६ मिनेट अघि विजयी गोल गरे । जितसँगै बार्सिलोना २६ खेलबाट ४८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

पराजित इल्चे २७ खेलबाट २९ अंकसहित १४औं स्थानमा छ । आइतबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई ३–१ अन्तरले पराजित गरेको छ ।

यो पनि…
घरेलु मैदानमा एकदिवसीय र त्रिकोणात्मक टी-२० आयोजना हुने
बायोपिक फिल्मको तयारीमा थिए शेन वार्न
क्यानद्वारा क्रिकेट टोलीको घोषणा [नाम]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested