English

घरेलु मैदानमा एकदिवसीय र त्रिकोणात्मक टी-२० आयोजना हुने



नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्ने भएको छ । टोलीले चैत १४ गतेबाट पीएनजी र मलेसियाविरुद्ध ट्वान्टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्ने भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै मलेसिया र पीएनजीसँग त्रिदेशीय श्रृङ्खला खेल्ने बताएको थियो । आइतबार क्यानले क्यानले पीएनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला तथा पीएनजी र मलेसियासँग ट्वान्टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्ने मिति घोषणा गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले चैत ११ र १२ गते पीएसनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्नेछ । त्यसपछि नेपालले त्रिवि क्रिकेट मैदानमै त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्नेछ । त्रिदेशीय श्रृङ्खला भने चैत १४ गतेबाट २१ गतेसम्म हुने क्यानले जनाएको छ ।

नेपाली क्रिकेट टोली अहिले श्रीलंकामा छ । युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने आईसीसी क्रिकेट विश्वकप लिग-२ को तयारीका लागि नेपाल श्रीलंका गएको हो । श्रीलंकाले नेपालले त्यहाँको स्थानीय टिमसँग चार अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाल यूएई जानेछ ।

यो पनि…
बायोपिक फिल्मको तयारीमा थिए शेन वार्न
क्यानद्वारा क्रिकेट टोलीको घोषणा [नाम]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested