English

घरेलु मैदानमा एकदिवसीय र त्रिकोणात्मक टी-२० आयोजना हुने



नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्ने भएको छ । टोलीले चैत १४ गतेबाट पीएनजी र मलेसियाविरुद्ध ट्वान्टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्ने भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै मलेसिया र पीएनजीसँग त्रिदेशीय श्रृङ्खला खेल्ने बताएको थियो । आइतबार क्यानले क्यानले पीएनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला तथा पीएनजी र मलेसियासँग ट्वान्टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्ने मिति घोषणा गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले चैत ११ र १२ गते पीएसनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्नेछ । त्यसपछि नेपालले त्रिवि क्रिकेट मैदानमै त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्नेछ । त्रिदेशीय श्रृङ्खला भने चैत १४ गतेबाट २१ गतेसम्म हुने क्यानले जनाएको छ ।

नेपाली क्रिकेट टोली अहिले श्रीलंकामा छ । युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने आईसीसी क्रिकेट विश्वकप लिग-२ को तयारीका लागि नेपाल श्रीलंका गएको हो । श्रीलंकाले नेपालले त्यहाँको स्थानीय टिमसँग चार अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाल यूएई जानेछ ।

यो पनि…
बायोपिक फिल्मको तयारीमा थिए शेन वार्न
क्यानद्वारा क्रिकेट टोलीको घोषणा [नाम]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

बुटवल, २ अक्टोबर २०२६ – टीभीएस मोटर कम्पनीका नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. (टीभीएस नेपाल) ले वर्षभरि सञ्चालन

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

Latest










Popular
Suggested