English

विलासिताका वस्तुमा किन बढ्दैछ नेपालीको मोह ?



बैंकहरूमा अहिले पैसाको अभाव छ । पैसा नहुँदा बैंकहरूले ऋण उपलब्ध गराउन सकेका छैनन् । बैंकले ऋण उपलब्ध गर्न नसक्दा नयाँ उद्योग तथा व्यवसाय गर्न चाहनेले लगानी गर्न पाएका छैनन् । बैंकहरूसँग पैसाको अभाव भइरहँदा विलासिताका वस्तु खरिदमा भने खर्बौं रुपैयाँ देशबाट बाहिरिएको पाइएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो सात महिनामा विलासिताका वस्तु खरिदमा मात्र नेपालबाट तीन खर्बभन्दा बढी रकम बाहिरिएको छ । यो रकम ०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा बाहिरिएको हो ।

कुन वस्तु आयातमा कति खर्च

पेट्रोलियम पदार्थ

विभागका अनुसार पछिल्लो सात महिनामा मात्र नेपालले डिजेल खरिद गर्दा ७२ अर्ब ९६ करोड १९ लाख ३६ हजार रुपैयाँ भारतलाई बुझाएको छ । सोही अवधिमा नेपालले भारतबाट ३४ अर्ब ६९ करोड ४२ लाख ४६ हजार रुपैयाँको एलपीजी ग्यास खरिद गरेको छ ।

भारतबाटै नेपालले ३३ अर्ब ५६ करोड ५५ लाख ३ हजार रुपैयाँको पेट्रोल चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा खरिद गरेको छ ।

मोबाइल/ ल्यापटप

नेपालले पछिल्लो सात महिनामा विभिन्न देशबाट २८ अर्ब ३८ करोड ५६ लाख २७ हजार रुपैयाँको मोबाइल फोन ल्याएको विभागको तथ्याङ्कले देखाउँछ ।

बितेका सात महिनामा नेपालमा ७ अर्ब ८० करोड ३ लाख ६५ हजार रुपैयाँको ल्यापटप तथा नोटबुक भित्रिएका छन् ।

सुनचाँदी

पछिल्लो सात महिनामा मात्र टर्की र युनाइटेड अरब इमिरेट्स (युएई) बाट नेपालमा २५ अर्ब २१ करोड ६८ लाख ३१ हजार रुपैयाँको सुन भित्रिएको छ ।

सोही अवधिमा विभिन्न देशबाट १२ अर्ब ६९ करोड ४२ लाख ५४ हजार रुपैयाँको चाँदी नेपाल आएको छ ।

सवारी साधन

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको हालसम्म ३३ अर्ब २० करोड ८३ लाख रुपैयाँका विभिन्न गाडी, मोटरसाइकल, स्कुटर नेपाल भित्रिएका छन् । सो समयमा ३ अर्ब ४३ करोड ५४ लाख २३ हजार रुपैयाँको विद्युतीय कार/जिप नेपालले खरिद गरेको छ ।

इलेक्ट्रिक वस्तु

पछिल्लो सात महिनामा इन्टरनेटको राउटर मात्र नेपालले २ अर्ब ७४ करोड ९६ लाख ९० हजार रुपैयाँको खरिद गरेको छ । उक्त अवधिमा २ अर्ब ३७ करोड १ लाख ७२ हजार रुपैयाँको वासिङ मेसिन नेपाल भित्रिएका छन् ।

सोही समयमा २ अर्ब १६ करोड १५ लाख ७५ हजार रुपैयाँको टेलिभिजन सेट नेपाल आएका छन् ।

यो पनि…
नेपाल यसरी बन्न सक्छ दुग्धजन्य पदार्थमा आत्मनिर्भर

आलुले पनि बनाउँछ आत्मनिर्भर
गहुँमा आत्मनिर्भर हुन ४ लाख २५ हजार मेट्रिक टन खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested