विलासिताका वस्तुमा किन बढ्दैछ नेपालीको मोह ?



बैंकहरूमा अहिले पैसाको अभाव छ । पैसा नहुँदा बैंकहरूले ऋण उपलब्ध गराउन सकेका छैनन् । बैंकले ऋण उपलब्ध गर्न नसक्दा नयाँ उद्योग तथा व्यवसाय गर्न चाहनेले लगानी गर्न पाएका छैनन् । बैंकहरूसँग पैसाको अभाव भइरहँदा विलासिताका वस्तु खरिदमा भने खर्बौं रुपैयाँ देशबाट बाहिरिएको पाइएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो सात महिनामा विलासिताका वस्तु खरिदमा मात्र नेपालबाट तीन खर्बभन्दा बढी रकम बाहिरिएको छ । यो रकम ०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा बाहिरिएको हो ।

कुन वस्तु आयातमा कति खर्च

पेट्रोलियम पदार्थ

विभागका अनुसार पछिल्लो सात महिनामा मात्र नेपालले डिजेल खरिद गर्दा ७२ अर्ब ९६ करोड १९ लाख ३६ हजार रुपैयाँ भारतलाई बुझाएको छ । सोही अवधिमा नेपालले भारतबाट ३४ अर्ब ६९ करोड ४२ लाख ४६ हजार रुपैयाँको एलपीजी ग्यास खरिद गरेको छ ।

भारतबाटै नेपालले ३३ अर्ब ५६ करोड ५५ लाख ३ हजार रुपैयाँको पेट्रोल चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा खरिद गरेको छ ।

मोबाइल/ ल्यापटप

नेपालले पछिल्लो सात महिनामा विभिन्न देशबाट २८ अर्ब ३८ करोड ५६ लाख २७ हजार रुपैयाँको मोबाइल फोन ल्याएको विभागको तथ्याङ्कले देखाउँछ ।

बितेका सात महिनामा नेपालमा ७ अर्ब ८० करोड ३ लाख ६५ हजार रुपैयाँको ल्यापटप तथा नोटबुक भित्रिएका छन् ।

सुनचाँदी

पछिल्लो सात महिनामा मात्र टर्की र युनाइटेड अरब इमिरेट्स (युएई) बाट नेपालमा २५ अर्ब २१ करोड ६८ लाख ३१ हजार रुपैयाँको सुन भित्रिएको छ ।

सोही अवधिमा विभिन्न देशबाट १२ अर्ब ६९ करोड ४२ लाख ५४ हजार रुपैयाँको चाँदी नेपाल आएको छ ।

सवारी साधन

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको हालसम्म ३३ अर्ब २० करोड ८३ लाख रुपैयाँका विभिन्न गाडी, मोटरसाइकल, स्कुटर नेपाल भित्रिएका छन् । सो समयमा ३ अर्ब ४३ करोड ५४ लाख २३ हजार रुपैयाँको विद्युतीय कार/जिप नेपालले खरिद गरेको छ ।

इलेक्ट्रिक वस्तु

पछिल्लो सात महिनामा इन्टरनेटको राउटर मात्र नेपालले २ अर्ब ७४ करोड ९६ लाख ९० हजार रुपैयाँको खरिद गरेको छ । उक्त अवधिमा २ अर्ब ३७ करोड १ लाख ७२ हजार रुपैयाँको वासिङ मेसिन नेपाल भित्रिएका छन् ।

सोही समयमा २ अर्ब १६ करोड १५ लाख ७५ हजार रुपैयाँको टेलिभिजन सेट नेपाल आएका छन् ।

यो पनि…
नेपाल यसरी बन्न सक्छ दुग्धजन्य पदार्थमा आत्मनिर्भर

आलुले पनि बनाउँछ आत्मनिर्भर
गहुँमा आत्मनिर्भर हुन ४ लाख २५ हजार मेट्रिक टन खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

अहिले धेरैजसो मानिसहरू आफूलाई सुन्दर देखाउन विभिन्न कुराहरूको प्रयोग गर्छन् । धेरैले घरेलु उपाय अपनाउने गर्छन् भने धेरैले चलन अनुसार

बारबरा अडम्स फाउन्डेसनले ‘स्टोलेन इमेज अफ नेपाल’ कार्यक्रम गरेको छ । आइतबार काठमाडौँमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाली

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध

सोफाले हाम्रो बैठक कोठालाई आकर्षक बनाउने काम गर्छ। पाहुनाहरू घरभित्र पस्दा सबैभन्दा पहिले बैठक कोठाको सोफालाई ध्यान दिन्छन् । साथै,