English

बायोपिक गर्न किन चाहँदैनन् रणवीर ?



भारतीय अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको मुख्य अभिनय रहेको फिल्म ‘८३’ ले राम्रो व्यपार गर्न सकेन । हिन्दीसँगै तामिल, तेलुगुलगायतका भाषामा रिलिज भएको फिल्मले दर्शकको साथ पाएन । कबिर खानले निर्देशन गरेको फिल्ममा सन् १९८३ का भारतीय क्रिकेट टिमले जितेको विश्वकपको इभेन्टमा आधारित रहेर बनेको छ ।

भारतीय क्रिकेट टिमलाई कप्तान कपिल देवले विश्वकप जिताएका थिए । फिल्ममा रणवीरले कपिल देवको भूमिका निभाएका छन् भने दीपिकाले कपिल देवकी पत्नी रोमी भाटियाको भूमिका निभाएकी छिन् ।

पंकज त्रिपाठी फिल्ममा भारतीय त्रिकेट टिमका कोचको भूमिकामा देखिएका छन् । यीबाहेक फिल्ममा ताहिर राज भसीन, जीवा, साकिब सलीम, जतिन सरना, चिराग पाटिल, दिनकर शर्मा, निशान्त दहिया, साहिल खट्टर, अम्मी विर्क, अदिनाथ कोठारे, धैर्य करवा आर बद्रीलगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मले राम्रो कमाइ नगरेपछि रणवीरले बायोपिक फिल्ममा काम नगर्ने सोच बनाएका छन् । उनलाई अफर भएको मेघना गुल्जारको एक बायोपिकसमेत उनले नकारेका छन् । यसबाहेक उनले अन्य बायोपिकको कथा सुन्नसमेत नचाहेको खबर भारतीय मिडियामा छ । रणवीरका एक नजिकका सदस्यले यसलाई प्रस्ट्याउँदै अब उनले बायोपिक फिल्म नगर्ने मनसाय बनाएको जनाए ।

‘रणवीरलाई पहिलोपटक कपिल देव लुक्समा देखाउँदा निकै चर्चा भयो । यद्यपि, फिल्म हलमा आउँदा त्यसको कमाल देखिएन । फिल्मलाई क्रिटिक्सले राम्रो भने तर दर्शक आएनन् । त्यसैले रणवीर निराश छन,’ ती सदस्यले भारतीय मिडियालाई प्रतिक्रिया दिएका छन् ।

यो पनि…
पल शाह प्रकरण : पक्ष/विपक्षमा विभाजित सिने क्षेत्र
आलिया भट्टले भनिन्– प्रेम लुकाउनु पर्ने कारण छैन



सम्बन्धित खबरहरु

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

Latest










Popular
Suggested